धरान/धरानको विश्वकर्मा मन्दिर भन्दा ढेडसय मिटर भन्दा मुन्तिर यात्रुबाहक बस र स्कारपियो जिप जुध्दा कम्तीमा १८ जना घाइते भएका छन् ।

जसमध्ये २ जना गम्भिर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले जनाएको छ । काकडभित्ताबाटअ आउँदै गरेको मे १ ख ९१४ नम्बरको बस र धरानबाट इटहरी जाँदै गरेको को १ च ८७७३ नम्बरको स्कारपियो एकआपसमा ठक्कर खाएको हो ।
जसमा एक नम्बर नभएको ‘अनटेष्ट’ टेम्पोसमेत क्षतिग्रस्त बनेको छ । बस र स्कारपियोको अघिल्तिरको भाग पूर्ण रुपमा क्षति पुगेको ट्राफिकका प्रहरी हवल्दार दीपराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार टेम्पोको कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । घाइतेहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घटना साढे १२ बजेतिर भएको हो । घाइतेहरूकाे नाम हालसम्म खुलेकाे छैन् ।