जनकपुरधाम/नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले संविधान संशोधनको तयारी सकारात्मक ढङ्ग अघि बढेको बताएका छन्  । नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताउँदै उनले संविधान संशोधनको समस्यालाई छिटो टुङ्ग्याउन इमानदारी आवश्यक भएकाे बताए । संविधानलाई सहमतिको दस्तावेज बनाउन सबै पक्ष गम्भीर भई वार्ता र संवादबाट समाधान खोज्नुपर्नेमा जोड दिँदै उनले संविधान संशोधन गर्दा समग्र राष्ट्रिय एकताको भावनालाई ध्यानमा राख्नुपर्ने खाँचो औँल्याए । संविधान संशोधनका लागि समय तोक्नुभन्दा पनि कहाँ, कति, के संशोधन गर्ने त्यसमा केन्द्रित हुनु जरुरी भएको धारणा राख्दै उनले यथाशीघ्र संविधान संशोधनको टुङ्गो लगाउनुपर्ने बताए ।