ramesh-lekhakतरहरा /  यातायात तथा भौतिक निमार्ण मन्त्री रमेश लेखकले संविधानमा असन्तुष्ट दलहरुलाई मिलाउँदै जानुको विकल्प नभएको वताएका छन । संविधान प्रति असन्तुष्ट सबै दललाई मिलाउँनुको विकल्प नभएको उनको भनाई थियो । नेपाली काग्रेस क्षेत्र नम्वर ६ ले आयोजना गरेको शुभकामना आदन प्रदान तथा सम्मान कार्यक्रममा वोल्दै मन्त्री लेखकले सो कुरा वताएका हुन । देश भित्रको आफ्नो परीवारलाई मिलाउँनु पर्ने उनको भनाई थियो । घुमाउँरो भाषामा उनले संविधान संसोधन गर्नु परे पनि सबै दल तयार हुनु पर्ने उनको तर्क थियो । लोकमान प्रकरणमा लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउँनु पर्ने पक्षमा रहेको घुमाउँरो भाषामा वोलेका थिए । देश विकासमा भईरहेको ढिला सुस्तीलाई चाडो गर्ने गराउँन सम्वन्धीत निकायलाई निर्देशन दिईसकेको उनको भनाई थियो । पकली हुदै वराहक्षेत्र सम्म जाने बाटो दयनिय भएको प्रति उनले यहाँका जनतालाई चाडो वाटो वनाउँन आश्वसन समेत बाढेका छन । उनले विकास निमार्णलार्य तिब्र गतिमा अगाडी वढाउँने प्रतिवद्धता समेत दिए । क्षेत्रनम्वर ६ का क्षेत्रीय सभापति उपेन्द्र कटुवालको सभापतित्वमा भएको कार्यक्रममा विद्यार्थी नेताहरु सरोज थापा, विकास केसी,सुन्दर खेवागं, सागर प्रसाई, ममता राई, तिर्थ राई ,अनु गुरुग र रानी खातुनलाई सम्मान समेत गरेको थियो । कार्यक्रममा जिल्ला स्तरीय नेताहरुको उपस्थित रहेको थियो ।