bp

धरान/ विगत ६ वर्षयता सेटिङ मिलाएर अवैध रुपमा बीपी प्रतिष्ठान हाताभित्र सञ्चालन भइरहेको लाइफ केयर औषधि पसलका कारण मिलोमतोमा झण्डै ४२ करोड रुपैयाँ प्रतिष्ठानलाई नोक्सान पु¥याएको विषय बल्ल थाहा भएको राजनीतिक दलका स्थानीय नेताले बताएका छन् ।धरानको चर्चित व्यावसायिक घरानाका सदस्य चेतन अग्रवालले अवैध रुपमा चलाइरहेको फार्मेसीका कारण प्रतिष्ठानलाई करोडौँ रुपैयाँ नोक्सान पुगेको विषयमा ब्लाष्टले समाचार प्रकाशन गरेपछि यसबारे जिज्ञासा राख्दा मात्र थाहा भएको दलका स्थानीय नेताले जनाएका हुन् । नेपाली काङ्ग्रेसका धरान नगर सभापति तिलक राईले यो विषय आप्mनो जानकारीमा नरहेको बताउँदै तर विषय बाहिरिएकाले अध्ययन गरेर आधिकारिक धारणा सार्वजनिक गर्ने जनाए ।

उनले कानून मिचिएको हो भने कानून पालना गराउन आपूmहरुले भूमिका खेल्ने बताए ।त्यसैगरी माओवादी केन्द्रका धरान नगर सहइन्चार्ज अशोक राईले पनि यो विषय ब्लाष्टले समाचार लेखेका कारण जानकारीमा आएको बताए । उनले अवैध रुपमा फार्मेसी सञ्चालनका लागि सहयोग र संरक्षण नगरेको जिकीर गरे । सरकारी निर्णय र कानूनबमोजिम प्रतिष्ठान आपैmँले फार्मेसी सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । एमालेका धरान अध्यक्ष तारा सुब्बाले भने यो विषयमा आपूmलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए । उनले प्रतिष्ठानभित्रका विषयमा आपूmलाई त्यति धेरै जानकारी नभएको बताए ।

प्रतिष्ठानका पदाधिकारी, राजनीतिक दलका स्थानीय नेता र सञ्चारकर्मीसँग निकै नजीकको सम्बन्ध बनाएर आर्थिक लाभसमेत दिई अग्रवालले ६ वर्षदेखि कानूनविपरीत अवैध रुपमा फार्मेसी चलाइरहेको प्रतिष्ठानकै कर्मचारीहरु बताउँछन् । यो विषय थाहा हुने जति सबैलाई उनले मासिक नजराना वितरण गर्ने गरेको स्रोतले बताएको छ । त्यसै कारण यति ठूलो अनियमितताको विषय अहिलेसम्म कसैको प्राथमिकतामा नपरेको स्रोत भनाइ छ ।०६४ सालमै सम्झौताको अवधि सकिएको फार्मेसीले आजसम्म पनि प्रतिष्ठान नछाड्दा सरोकारवाला निकायसहितको चासोको विषय नबनेको र लाइफ केयरका विषयमा कसैले पनि नबोल्नु र नलेख्नु निकै शंकास्पद र रहस्यमय भएको प्रतिष्ठान प्रशासनकै कर्मचारीहरु बताउँछन् ।

प्रतिष्ठान प्रशासनका एक कर्मचारी भन्छन्, ‘यति ठूलो विषयमा कोही बोल्दैनन्, लेख्दैनन् र कसैले कुरा उठाउँदैनन् भने त्यहाँ आर्थिक लाभ र लेनदेन नभएर अरु के हुन सक्छ ?’ प्रतिष्ठानलाई करोडौँ रुपैयाँ नोक्सान पु¥याइएको यो विषय बाहिरिएपछि पनि दलका स्थानीय नेतृत्वले खुलेर बोल्न नचाहनुले नै फार्मेसी सञ्चालक उनीहरुको संरक्षणमा रहेको पुष्टि हुने प्रतिष्ठानका एक कर्मचारीले जिकीर गरे । सार्वजनिक सरोकारको यति ठूलो विषयमा खुलेर नबोल्दा प्रतिष्ठान दिनानुदिन धराशायी बन्दै गएको उनको दावी छ ।