बर्दिवास/नेकपा (माओवादी केन्द्र)का सचिव गिरिराजमणि पोखरेलले संविधानलाई सर्वस्वीकार्य बनाउनु अहिलेको मुख्य कार्यभार रहेको बताएका छन् । girira आफ्नै निर्वाचन क्षेत्र बर्दिवासमा आज बडादसैँ, तिहार, छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले यही मुख्य कार्यभारबाट निर्देशित भएर अहिलेको सरकार संविधान प्रक्रियामा जुटेको बताए । संविधान निर्माण र घोषणा ऐतिहासिक उपलब्धि भए पनि मधेसमा देखिएको असन्तुष्टि सम्बोधन गरे मात्र संविधानप्रति सबैको अपनत्व हुने बताए । संविधानको सफल कार्यान्वयनका लागि नै संशोधनको आवश्यकता परेकाले यसबारे नेकपा (एमाले) लगायत दलहरु सकारात्मक हुनुपर्ने उनको भनाइ छ । कार्यक्रममा पत्रकारको जिज्ञासामा पूर्वमन्त्री पोखरेलले असन्तुष्ट पक्षको माग सम्बोधनका लागि संविधान संशोधन प्रस्ताव चाँडै नै व्यवस्थापिका–संसद्मा दर्ता हुने जानकारी दिए । -रासस