shree_krishna_luitelबिर्तामोड /  पूर्वेली गायक श्रीकृष्ण लुईंटेलको नयाँ एल्बम बजारमा आएको छ । ‘बब्लु’ नाम दिइएको एल्बममा लुईंटेलले पाँचवटा गीत समावेश गरेका छन् । लुईंटेलले यु–ट्युबमार्पmत् गीत सार्वजनिक गरेका हुन् । बाँकी चारवटा गीत सोही एल्बममा तिहारपछि समावेश गरिने गायक लुईंटेलले बताए । हाल सार्वजनिक भएका गीतहरुमा ‘डल्लेकी बहिनी’, ‘ओके छ त’, ‘नलगाउ छोटा कपडा’, ‘बाख्रा स्टाइल’ र ‘कलियुगको धर्म’ रहेका छन् । यीमध्ये ‘ओके छ त’ बोलको गीत सर्वाधिक चर्चामा छ । केही वर्षयता लुईंटेल झापामै बस्दैआएका छन् । ‘बब्लु’ एल्बमका केही गीतमा श्रीकृष्णकी छोरीको समेत अभिनय देख्न सकिन्छ । मिडिया हवले लुईंटेलको एल्बम बजारमा ल्याएको हो । एल्बममा गायक लुईंटेल, दिलप्रसाद याक्से (टाइगर) लगायतले अभिनय गरेका छन् ।