धरान/ नेपालले लामो समयदेखि सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकन राखेको माग प्रति नेपाल भारत प्रबृद्ध समुहको बैठकले सैद्धान्तिक सहमति गरेको छ ।
[caption id="attachment_16279" align="aligncenter" width="810"]
तस्विर -अनलाईनखबरबाट[/caption]
सन्धि पुनरावलोकनका लागि नेपालका तर्फबाट केहि बुदाहरु प्रस्ताब गरि छलफल सुरु भएको छ । बुधबार सकिएको समुहको दुई दिने बैठकमा सन्धि पुनरावलोकन सम्बन्धि सहमति भएको नेपाली टोलीका सदस्यहरुले बताएका छन् । प्रवृद्ध समूहको यो बैठकमा नेपालले सन्धिमा पुनरावलोकनका लागि केही प्रस्ताव राखेको छ । प्रस्ताबहरुमाथि अब नेपालमा हुने बैठकमा छलफल हुने छ ।
































