सप्तरी / अदालतबाट कैद तथा जरिवाना भएका फरार प्रतिबादीहरु पक्राउ गर्ने सिलसिलामा सप्तरी प्रहरीले बोक्सीको आरोपमा कैद सजाय भएका फरार चार जनालाई आज पक्राउ गरी आज अदालतमा उपस्थित गराएको छ। पक्राउ पर्नेमा सप्तरी ईर्नवा गाविस ५ बस्ने राजाराम मण्डल, रामेश्वर मण्डल, दिपक मण्डल, दुखी मण्डल र बम्ह्रदेव मण्डललाई प्रहरीले पक्राउ गरीएको आज अदालतमा उपस्थित गराएको छ।उनीहरु उपर जिल्ला अदालत सप्तरीले बोक्सीको आरोप मुद्दामा ६÷६ महिना कैद तथा जनही ५ हजार रुपैया जरिवाना फैसला सुनाइएको थियो। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालतको टोलीले आज बिहान उनीहरुकै घरबाट पक्राउ गरी आजै अदालतमा उपस्थित गराएको हो।
पक्राउ परेका चारै जना उपर जिल्ला अदालत सप्तरीले बोक्सीको आरोपमा यातना दिएको आरोपमा मा ६ महिना कैद तथा ५ हजार जरिवाना फैसला सुनाएको थियो।
































