धरान/त्रिशुली नदीमा आइतबारको दुर्घटनामा पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित तीनजनाको अवस्था अज्ञात भएपछि उनीहरुको खोजीमा गृहमन्त्रीसहित प्रहरी प्रमुखहरु त्रिशुली नदीमा खोजीको पहल गर्न पुगेका छन् । दुर्घटना स्थलमा गृहमन्त्री विमलेन्द्र निधि र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल त्रिशुली पुगेका हुन् । अहिले पनि बेपत्ताको खोजी कार्य भइरहेको छ । उक्त स्थानमा सशस्त्र प्रहरीका आईजीपी दुर्जकुमार राई र राष्ट्रिय अनुसन्धान विभागमा प्रमुख दिलिप रेग्मीलगायत पुगेका छन् । घटनास्थलको निरीक्षणहित घटनास्थलको आवश्यक निर्देशनसमेत दिने बताइएको छ । गृहमन्त्रीसहितको टोली हेलिकप्टरबाट दुर्घटनास्थलमा पुग्न लागेका हुन ्। यस अघि यातायात मन्त्री रमेश लेखकसमेत घटना स्थलको निरीक्षण गरेका थिए । घिमिरेका चालक विष्णु राईलाई थप उपचारको लागि काठमाडौं लाने तयारीसमेत भइरहेको छ । घिमिरेको खोजीको लागि दुई सय बढी सुरक्षाकर्मी परिचालन भएका छन् । मुग्लिनबाट काठमाडौं गइरहेको जीप आइतबार साँझ घोप्टेभीरबाट त्रिशुलीमा खसेको थियो । जसमा घिमिरेकी आमा चैत्यकुमारी घिमिरे, अंगरक्षक रामचन्द्र कार्की र आफन्त नारायणप्रसाद काफ्लेको निधन भएको थियो ।