तरहरा /सुनसरीको तरहरामा आईतवार एक कार्यक्रमको आयोजना गरी सिसि क्यामरा जडान गरीएको छ । तरहरा तथा आसपासको क्षेत्रमा हुने अपराधिक गतिविधि रोक्न तरहरा क्षेत्रमा क्यामरा जडान गरीएको हो । तरहरा तथा आसपासमा हुने अपराधिक गतिविधि रोक्न सिसि क्यामरा जडान गरीएको हो । तरहरा चौक आसपासमा ८ वटा (नाईटभिजन ) क्यामरा जडान गरीएको सुनचादी ब्यावसायी संघ तरहराका अध्यक्ष तथा क्यामरा जडान कार्यक्रमका संयोजक दिपक गजमेरले वताए ।

तरहरा क्षेत्रमा ब्यापार वढ्दै जादा सुरक्षा अवस्था अपनाउँन क्यामरा जडान गरीएको उनको भनाई थियो । तरहरा ब्यावसायीक रुपमा अगाडी वढ्दै गर्दा सुरक्षा चुनैती वढ्न सक्ने भएको कारण क्यामरा जडान गरीएको संयोज गजमेरले बताए । वढ्दो शहरी करण सँगै शहरकोे जनसख्या समेत ह्वात्त वढ्दै गएको कारण अपराधिक गतिविधिमा संलग्नहरुलाई पक्राउ गर्ने सहज हुने भन्दै क्यामरा जडान गरीएको गजमेरको भनाई थियो । उद्योग वाणिज्य संघ तरहरा शाखाले उक्त क्यामरा जडान गर्ने चाजो पाजो मिलाएको हो । उद्योगा वाणिज्य संघ तरहराका अध्यक्ष सुमन गिरीले क्यामराका कारण सुरक्षा वलियो हुने वताए । चाडपर्व तथा अन्य समयमा पनि क्यामराले अपरिहार्य रहेको थियो ।उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष लिलम वस्नेतले शहरीकरण वढिरहदा शहरमा सिसि क्यामरा आवश्यक भईरहेको वताए । उनले तरहरामा हुने गतिविधि नियाल्न क्यामरा आवश्यक भएको वताए ।
मानवीयचाप र चौरस्थामा रहेको कारण पनि अपराधिक गतिविधी रोक्न सहयोग गर्छ उनले थपे । ब्यापारीक सुरक्षाको लागी पनि क्यामरा जडान गर्नु पर्ने आबश्यक्ता रहेको उनले औल्याए । इलाका प्रहरी कार्यलय इटहरीका डिएसपी नरेशराज सुवेदीले बढ्दो जनसंख्यालाई मध्यनजर गदै शहरी क्षेत्रमा क्यामरा जडान गर्नु पर्ने वाध्यता हुन थालेको वताए । विभिन्न ब्याक्ति तथा संध संस्थाले किनिदिएको क्यामारा जडान भए पनि मर्मत नहुदा क्यामरा विग्रीए पछि समस्या हुने गरेको डिएसपी सुवेदीको भनाई थियो । चाडवाडको वेला चोरीको घट्नाहरु वढ्न सक्ने भएको कारण सर्वसाधणलाई सचेत रहन आग्रह समेत गरेका छन । इटहरीमा विग्रीएको क्यामरा पनि मर्मत गर्ने काम भएको डिएसपी सुवेदीको भनाई छ ।
सिसि क्यामरा जडान कार्यक्रमका प्रमुख अतिथि समेत रहेका इटहरी उपमहानगरपालीकाका कार्यकारी अधिकृत महेशराज तिम्सिनाले क्यामरा जडान पछि अपराधिक गतिविधि कम हुदै जाने वताए । । विगतमा भैरहने अपराधिकगतिविधी र सवारी दुर्घटना गरी सवारी साधन भाग्ने क्रमको निगरानीका लागि समेत सिसिटिभि हुनु पर्ने ब्यावसायीहरु वताउँछन । वढ्दो सहरीकरणसंगै हुने अपराधिक गतिविधी नियन्त्रण कार्यका लागि समेत सिसि टिभि सहयोगी वन्ने र अनुसन्धान क्षेत्रमा सघाउ पुग्ने बिश्वास गरिएको छ ।