Blast_greetingपूर्व क्षितिज प्रकाशन प्रालिअन्तर्गत प्रकाशन भइरहेको ब्लाष्ट टाइम्स दैनिक आजबाट २१ औँ वर्ष पार गरेर २२ औँ वर्षमा प्रवेश गरेको खबर सञ्चार गर्न पाउँदा हामी पुलकित भएका छौँ । मुलुकमा राजनीतिक उतार–चढाव छँदैछ । मोफसलमा रहेर पत्रकारिता गर्नुको पीडा अर्कोतिर छँदैछ । यस्तो अनेक समस्याको जञ्जालभित्र पनि हामी कठिन यात्रालाई सहज रुपमा ग्रहण गर्दै हामी निरन्तर यात्रामा छौँ । हामी विश्वस्त छाँै, एउटा सञ्चार गृहले निर्वाह गर्ने भूमिका निर्वाह गरिरहेका छौँ । समस्यामा परेका नागरिकको पक्षमा वकालत गर्न हामी चुकेका छैनौँ भन्ने प्रमाण पाठकले हामीलाई गरेको विश्वास र मायाबाटै बुभ्mन सक्छौँ ।

निश्चय नै, ब्लाष्टको २१ वर्षे यात्रा सुखद् मात्र रहेन । अनेक आँधीबेहरीको सामना गर्दै र चुनौतीहरुलाई पन्छाउँदै यो अवस्थामा आइपुगेको छ । राजनीतिक उतार–चढावमा ब्लाष्ट पनि शिकार बन्यो । धरानलाई जोगाउने सामाजिक आन्दोलनदेखि माओवादी जनयुद्ध, २०६२/०६३ सालको जनआन्दोलन, मधेश आन्दोलन र संविधान जारी भएपछि मधेशमा देखिएको असहज परिस्थितिका बेला ब्लाष्टले निर्वाह गरेको भूमिका अविष्मरणीय छ । लोकतन्त्र, मानवअधिकार र सम्मानपूर्ण बाँच्न पाउने जनताको अधिकारको पक्षमा हाम्रो खबरदारी निरन्तर जारी छ । जनहितका सूचना र समाचारलाई सकभर गहन, तार्किक र पठनीय बनाउन हामी निरन्तर प्रयासरत् छौँ ।

प्राकृतिक विपत्ति, सामाजिक अवहेलना र राजनीतिक उपेक्षामा परेकालाई न्याय र शान्ति दिलाउन हामीले कञ्जुस्याइँ गरेका छैनौँ । व्यावसायिक मर्यादा र सामाजिक दायित्वलाई आत्मसात् गर्दै जिम्मेवार पत्रकारितामा हामी प्रतिबद्ध छौँ र अबका दिनमा पनि निरन्तर रहने छ । यस प्रकाशन गृहले दैनिक पत्रिकासँगै अनलाइन संस्करण पनि शुरु गरेको छ । हाम्रो यात्रा अब अनलाइन रेडियो र अनलाइन टेलिभिजनतर्पm हुने छ । श्रव्य, दृश्य वा छापा जुनसुकै सूचनामा नागरिकलाई छिटो र सही सूचना प्रवाह गर्न हामी अझ परिमार्जित, परिष्कृत हुँदै जनतामाझ रहने प्रतिबद्धतासमेत व्यक्त गर्दछौँ ।

अन्त्यमा, हामी नतमस्तक भएर सम्मान गर्छाै, जसले स्थापनाकालदेखि यसलाई माया गरिरहनुभएको छ । यसका समाचार–सामग्रीलाई सम्मान गर्ने, स्वस्थ आलोचना गरेर हामीलाई मार्गदर्शन गर्ने पाठक, विज्ञापन दिएर व्यावसायिक बन्न सहयोग गर्ने विज्ञापनदाता, आप्mना गहन दृष्टिकोण प्रवाह गर्ने विचारक तथा घरघरमा पत्रिका पु¥याउने वितरक, बिक्रेताप्रति हामी आभारी छौँ । प्रकाशन गृहसँग आबद्ध व्यवस्थापकीय, सम्पादकीय टिम तथा क्रियाशील ब्लाष्टकर्मीहरुको अथक मेहनत, कार्यकुशलता र सुझबुझले ब्लाष्ट राष्ट्रको एउटा इमानदार पहरेदार बन्न सफल भएको छ । उहाँहरुकै योगदानले ब्लाष्ट यहाँसम्मको यात्रा पूरा गर्न सफल भएको छ । आगामी दिनमा पनि सबैको साथ, सहयोग र सद्भाव पाउने हामीले आशा मारेका छैनौँ । हाम्रो यात्रामा साथ दिने सबैप्रति आभार व्यक्त गर्दछौँ ।