interview

 धरान इन्टरनेशनल कलेज अफ होटल म्यानेजमेन्ट सञ्चालनमा ल्याउनुको उद्देश्य के हो ? – युवाहरुलाई देशमै रोजगार बनाउन र देश तथा विदेशमा जाने नेपालीहरुलाई दक्ष बनाउने उद्देश्य हो ।

 अन्य कलेजको तुलनामा यहाहरुको विशेषता के हो ? – हामी होटल म्यानेजमेन्टको पढाइलाई प्राक्टिकल्ली बनाउँछौ । होटल म्यानेजमेन्टका साथै हस्पिटालिटी र आचरण सम्बन्धी पनि विशेष कक्षानै सञ्चालन गछौं ।

 कहाका विद्यार्थीहरुलाई लक्षित गरेर कलेज खोल्नु भएको हो ? – हामीले धरान र धरान आसपासमा रहेका ठाउँका विद्यार्थीहरुलाई लक्षित गरेका हौं ।

 अहिले कुन लेभलको कक्षा सञ्चालन हुदैछ ? – हामीले दशैंअगाडिनै डिप्लोमा इन होटल म्यानेजमेन्ट र कुलनरी आर्ट (परिकार बनाउने) सम्बन्धी कक्षाहरु सञ्चालन गर्दैछौं । अहिले विद्यार्थीहरुको अन्तर्वार्ता लिइरहेका छौं । हामीले डिप्लोमा इन होटल म्यानेजमेन्टमा २५ जना र कुलनरी आर्टमा २५ जना मात्र राखेर कक्षा सञ्चालन गर्नेछौं ।

यो कोर्ष अध्ययन कतिको महङ्गो छ ? – यो कोर्ष अध्ययन गर्न काठमाडौं वा विदेशनै जानुपर्ने अवस्था छ । धेरै नेपाली विद्यार्थी यिनै विषय अध्ययनका लागि महङ्गो शुल्क तिरेर विदेश पनि गएका छन् । यहाँ हामी काठमाडौंको भन्दापनि सस्तो शुल्कमा अध्यापन गराउँछौं । घरको खाना खाएर विदेशमा लिइने शिक्षा हामी धरानमै दिँदैछौं ।

कक्षा सञ्चालनको तयारी कस्तो हुदैछ ? – अहिले भौतिक पूर्वाधार तयार गरिसक्यौं । दशैंअगाडि ओरेन्टेशन र केही कक्षाहरु सञ्चालन गछौं । दशैं–तिहार पछाडि नियमित कक्षासँगै व्यावसायिक होटलहरुपनि सञ्चालन गर्नेछौं ।

ल यो कलेजमा विद्यार्थीहरुले पाउने सुविधा के के हुन् ? – हामी मल्टी प्रपोज कन्सेपमा गएका छौं । हाम्रो होटलमै प्राक्टिकल कक्षाहरु सञ्चालन हुन्छ । त्यहाँ काम गर्ने सबै विद्यार्थीले सर्भिस गरेवापत् पारिश्रमिक पनि दिन्छौं । पढाइ सँगसँगै रोजगारी पनि हुने भएकाले विद्यार्थीहरुले पढ्नका लागि धेरै खर्च गर्नुपर्ने अवस्था आउँदैन । कक्षा सञ्चालन भएको छ महिना पछाडि नेपालका पाँचतारे होटलमा पारिश्रमिकसहित इन्टर्नसीप पनि विद्यार्थीले गर्न पाउने छन् ।

 यो कलेजबाट समुदायलाई चाहिं के फाइदा पुग्छ ? – अहिले हाम्रो सोचाइ होटल म्यानेजमेन्ट भनेको भात पकाउने विषय हो भन्ने छ । हामीले यो सोच बदल्न प्रयास गर्ने छौं । हस्पिटालिटी इन्ड्रष्टिजमा कसरी सहभागी हुने र सर्भिस कसरी दिने भन्ने विषयमा हामी विद्यार्थीहरु मार्पmत् सोच बदल्ने प्रयत्न गर्ने छौं ।

यो कलेजमा कस्ता कस्ता विद्यार्थीले पढ्न पाउछन् ? – यहाँ प्लस टु पास गरेका विद्यार्थीले डिप्लोमा इन होटल म्यानेजमेन्ट पढ्न पाउँछन् भने एसएलसी मात्र पास गरेका विद्यार्थीले कुलनरी आर्ट (परिकार बनाउने) विषयका साथै सर्भिस कसरी दिने भन्ने विषयमा सीप हासिल गर्न सक्छन् । दुबै कोर्षहरु डेढ वर्षमा पूरा भएपछि रोजगारी खोजिरहनु पर्दैन, रोजगारीले खोज्दै आउँछ ।

प्रस्तुतीः योगेशबाबु काफ्ले