भद्रपुर/स्थानीय निकायको वेवस्ता कारण समयमा नाउ (डुङगा) ठेक्का नलाग्दा मेची नदी पार गर्न दुवै देशका जनताले पीडा भोग्नु परेको छ ।जिल्ला विकास समिति झापाको लापारवाहीले नेपाल–भारत सिमा क्षेत्र अन्तरगत भद्रपुर–गलगलिया जोड्ने मेची नदीवाट हुने आवत जावतमा समस्या परेको हो ।बषौदेखि बर्खाको तीन महिना मेची नदीमा डुङगा सञ्चालन गर्न जिल्ला विकास समिति झापाले ठेक्का लगाउदै आएको थियो ।
तर यस चालु आर्थिक बर्षको भदौ सकिन लाग्दा समेत जिविसले ठेक्का लगाउन नसक्दा आइतबारदेखि नेपाल–भारत आवतजावत गर्न दुवै देशका जनता मारमा परेका छन् ।नदी आसपासका स्थानीयले श्रावणदेखि भदौ २५ गते सम्म मनमरी रुपमा डुङगा सञ्चालन गर्दै आइरहेका थिए । डुङगामा यात्रा गरे वापत यात्रुसंग डुङगा चालकले मनपरी रकम असुल्दै आइरहेका थिए ।कानुन विपरीत डुङगा सञ्चालन गरी रकम असुल्दै आएको जानकारी पाएपछि जिविसले जिल्ला प्रहरी कार्यालय झापालाई डुङगा सञ्चालनमा रोक लगाउन भदौ २५ गते पत्र पठाएको थियो । सोही पत्र अनुसार प्रहरी कार्यालय झापाले वडा प्रहरी कार्यालय भद्रपुरलाई डुङगा बन्द गराउन लिखितपत्र पठाएपछि शुक्रवारदेखि डुङगा सेवा बन्द गराएको वडाका इनिस्पेक्टर राजनकुमार न्यौपानेले बताए ।
भद्रपुरको हनुमान मन्दिर, एसएसबी क्याम्प छेऊ र देवीबस्ती नाकामा गरी नदीमा तीन वटा ढुङगा सञ्चालन हुदै आएको थियो । डुङगा सेवा बन्द हुने घटना इतिहासमै पहिलो पटक भएको स्थानीयबासीको भनाई छ । । स्थानीय उद्योगी जेपी शर्माले भदौ सम्म ठेक्का नलागेर स्थानीय निकाय पन्छिन नमिल्ने बताउदै मेचीपारीमा निशुल्क डुङगा सेवा दिए जस्तै भद्रपुरमा यस्तै सेवा दिनुपर्ने शर्माको भनाई छ ।अहिले दुई÷चार दिनदेखि नदीमा पानी बढेलगतै ढुङगा बन्द हुदा नाका नै ठप्प हुन पुगेको स्थानीयको भनाई छ । हाल रागा गाडामा दुवै देशका जनताले यात्रा गर्दै आइरहेकोले यस तर्फ सम्बन्धित पक्षले ध्यानदिनु पर्ने उनिहरुले बताए ।जिल्ला विकास समितिले डुङगा ठेक्का लगाउन नसक्दा आफु पन्छिनलाई भद्रपुर नगरपालिकालाई ठेक्का सम्झौता गर्न पहिलो पटक पत्र पठाएको थियो । जिविसले नै अहिले सम्म मेची नदीमा डुङगा सञ्चालनका लागि तीन बर्षे ठेक्का लगाउदै आएको निति रहेको थियो ।डुङगा सञ्चालनका लागि जिविसले भद्रपुर नगरपालिकालाई ठेक्का लगाउने भनि असार २२ गते पत्र पठाएको थियो ।
आ.ब ०७३।७४ देखि आ.ब ०७५।७६ सम्म न्यूनतम अंक २ लाख ५० हजार निर्धारण गरी पटक पटक सुचना प्रकाशित गर्दा कोही कसैवाट बोलकवोल नभएकोले उक्त शिर्षकको कर के कतिमा लगाउन सकिन्छ त्यहीवाट व्यवस्थापन गरी कर संकलन गर्ने जिविसको पत्रले पठाएको थियो ।नगरपालिकाले तीन बर्षिय ठेक्कालाई एक बर्ष बनाई ठेक्का रकम बढाएपछि नगरपालिकामा पनि लगाउन सकेन । डुङगा धनी तथा ठेकेदार मनोज सिहंले नगरपालिकाले तोकेको १ लाख २५ हजार ठेक्का रकम बढी भएको भन्दै ठेक्का स्वीकृति नगरेको नगरपालिका स्रोतले जनाएको छ ।भद्रपुर नगरपालिका कार्यकारी अधिकृत सन्तोष घिमिरेले डुङगा ठेकेदार प्रक्रियामा आउन खोजेपनि नगरपालिकाले ठेक्का लगाउन नसकेको भन्दै जिविसमा पुनः श्रावण १८ गते पत्रचार गरी सकेको बताए ।
जिविस योजना शाखाका जय तिम्सिनाले ठेक्का नलागी मनपरी रुपमा रकम असुलेको जनगुनसोको आधारमा प्रशासन कार्यालय झापाको आदेशमा डुङगा सञ्चालनमा रोक लगाएको बताए । जिविसले पटक पटक सूचना प्रंकाशित गर्दा पनि ठेक्का नलाग्दा यस्तो समस्या सृजना भएको उनले बताए । नपाको पत्रलाई जिविसले श्रावण ३० मा दर्ता गराई जिविसले नाउ ठेक्कामा नलागेको सुचना टाँस गरेको उनले बताए । डुङगा सञ्चालन हुदा पनि नहुदा पनि रागा गाडाले मान्छे तारदै आइरहेका छन् । आइतबार दिउसो नदीमा रागा गाडा पल्टिएपछि एक महिला घाइते भएको प्रहरीले जनाएको छ । भारतीय पक्षले चलाउने अधिकाश रागा गाडीले मनपरी रुपमा शुल्क लिने गरेका छन् ।