धरान/धरान–२३ पानबारीमा निर्माणाधिन पूर्वाञ्चल आसरा सुधार केन्द्रलाई विभिन्न संघसंस्थाहरुले सोमबार आर्थिक सहयोग गरेको छ । [caption id="attachment_13793" align="alignnone" width="781"]rakam रकम प्रदान गर्दै धातु र परिबहनका अध्यक्षद्धय । तस्बिरःब्लाष्ट/उपेन्द्र चाम्लिङ[/caption] केन्द्रलाई धातु व्यवसायी संघ धरान र संयुक्त परिबहन व्यवसायी संघले सहयोग प्रदान गरेका हुन् । धातुले नगद ५५ हजार ५ सय ५५ र परिबहनले ५० हजार रुपैया सहयोग गरेका छन् । धातुका अध्यक्ष विमल उदास र परिवहनका अध्यक्ष जिवी खड्काले आसराका संयोजक मनोजकुमार मेन्याङ्बोलाई रकम हस्तान्तरण गरेका छन् । परिवहनमा आवद्ध पहाडी रुटमा सञ्चालन भइरहेका ट्रकहरुबाट दैनिक १० रुपैया संकलन गरेर पहिलो किस्ता अन्तर्गत ५० हजार रुपैया प्रदान गरिएको अध्यक्ष खड्काले बताए । लागूऔषध दुब्र्यशनीमा फसेकाहरुलाई पुनस्र्थापना गर्ने उद्देश्यले निर्माण भइरहेको आसरामा २ सय जना अटाउन सक्ने क्षमता रहेको छ । निर्माण सम्पन्न हुनको लागि ५ करोड रुपैया लाग्ने बताइएको छ । विभिन्न संघ संस्थाहरुले एककरोड ६ लाख रुपैया दिने प्रतिवद्धता भए मध्ये हाल ६० लाख रुपैया आर्थिक संकलन भएको अध्यक्ष मनोजकुमार मेन्याङ्बोले बताए । दुई वर्षमा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य निर्माण समितिले लिएको छ । भवन निर्माण समितिका सचिव सरोज श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।