राजविराज/ घोषिन यादव उत्थान मञ्च नेपालका केन्द्रीय अध्यक्ष शोभितलाल पघैया यादवकी स्वर्गीय आमा सीतादेवी पघैयाको १२औँ पुण्यतिथिमा सोमबार यहाँ आयोजित श्राञ्जलिसभामा रु ५० हजारको अक्षयकोष स्थापना गरिएको छ । सप्तरीको पोर्ताहामा सोमबार आयोजित श्रद्धाञ्जलिसभामा ‘घोषिन कल्याणका लागि कपलेश्वर सीतादेवी पघैया’ नामबाट मञ्चका अध्यक्ष यादवले रु ५० हजारको अक्षयकोष स्थापना गर्नुभएको घोषिन मञ्चले जनाएको छ । साथै, अक्षयकोषका लागि पुनरावेदन बार इकाईका अध्यक्ष विजय भिनवार यादवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठनसमेत गरिएको छ । समितिका सदस्यहरुमा अधिवक्ता रामप्रसाद कोढगिया यादव, अधिवक्ता कामेश्वर गोहीवार यादव, अधिवक्ता देवनारायण कुमरसनिया यादव, अधिवक्ता धिरेन्द्र भुसकुलिया रहेको बताइएको छ । यो कोष घोषिन कल्याणका लागि स्थापना गरिएको जनाइएको छ । श्रद्धाञ्जलिसभा कार्यक्रम घोषिन यादव उत्थान मञ्चका उपाध्यक्ष अशोक लगरवारको अध्यक्षतामा सम्पन्न भएको थियो । रासस