accidentइटहरी / सुनसरीको तरहरामा बसको ठक्करबाट सोमबार दिउँसो एक महिलाको मृत्यु भएको छ । तेह्रथुमबाट विराटनगर आउँदै गरेको को १ ख ३८४१ नम्वरको बसले धनकुटा, फँलाटे ३ बस्ने ६८ वर्षीय सनमाया थापाको बसको ठक्करबाट मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार उनी सोही बसमा धनकुटाबाट तरहरा आएकी थिइन् । तरहरामा बसबाट उत्रिएर सडक छेउमा उत्रिएर बाटो काट्ने क्रममा बस अघि बढे पछि सोही बसले उनलाई ठक्कर दिएको र उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।