विजयपुर/विद्यालय-क्याम्पसमा ज्ञान बाँडिन्छ, अनुशासन सिकाइन्छ । काममा लगनशीलता र सृजनशीलता हुनुपर्छ भनेर सिकाउने क्याम्पसभित्र पदीय मर्यादा र आफ्नाे दायित्व पूरा नगरेपछि के हुन्छ होला ? यसको उदाहरण बनेको छ धरानस्थित पिण्डेश्वर विद्यापीठ ।राजनैतिक खिचातानीले क्याम्पस प्रमुख नियुक्त नभएको धेरै भइसक्यो । क्याम्पसमा भएको राजनीतिको फाइदा उठाउन अरु कर्मचारी पनि के कम  दिनभरी सुतेरै तलब पकाउँछन् ।

14274419_1110130012436268_22694513_o

सरकारी क्याम्पस सुधारका नाममा करोडौं रुपैयाँ खर्च हुन्छ तर सरकारी क्याम्पस कर्मचारीको बेइमानी सोचका कारण सरकार आप्mनो नीतिमा असफल हुँदैआएको छ । आइतबार विद्यापीठका तीनजना कर्मचारी कार्यालय समयमा कार्यालयकै पोशाकमा मस्त निन्द्रामा भेटिए । ‘यो आइतबारको मात्र घटना हैन प्रायः यस्ता दृश्य सधैं देखिन्छ’, विद्यापीठका एक विद्यार्थीले भने, ‘पदीय जिम्मेवारीको मर्यादा पालना गर्ने कमै छन् ।’आइतबार दिउँसो विद्यापीठकी सहायक प्रशासक कमला पोखरेल, पियन मञ्जु अधिकारी र बगैँचा हेर्ने देवका घिमिरे विद्यापीठको प्रशासन कार्यकक्षमै सुतेको अवस्थामा भेटिएका थिए ।

उनीहरु यतिसम्म निन्द्रामा थिए कि त्यहाँ गएर बोलाउँदा पनि उनीहरुले थाहा पाएनन् । कर्मचारीले सरकारी काम कहिले जाला घाम भन्ने उखानलाई चरितार्थ मात्र पारेका छैनन्, सरकारी क्याम्पसहरुमा कर्मचारीको दिनचर्या कसरी बितेको छ भन्नेपनि बुभ्न सकिन्छ । क्याम्पसका एक विद्यार्थीले भने, ‘क्याम्पस परिसर फोहोर छ, कार्यकक्षहरु लथालिङ्ग छन् तर काम गर्ने कर्मचारी गैरजिम्मेवार बनेका छन् ।’ क्याम्पसमा प्रमुख नहुँदा केही प्रशासनिक काममात्र रोकिनुृ पर्ने हो तर यहाँ पढाइ नियमित भएको छैन । प्रमुख नियुक्तिको विषयमा अनावश्यक गफ गरेर समय बिताउने धेरै छन् । यस विषयमा जानकारी लिन विद्यापीठका निमित्त प्रमुख घनश्याम दाहाललाई सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।