विजयपुर/आईतबार राति धरानको छाताचौकमा एक युवाले आफ्नै साथीहरुलाई चुप्पि प्रहार गरेका छन् । धरानको छाताचौक स्थित चतरालाईनको एक होटलमा सँगै रक्सि खाएर निस्किएका तिन जना युवहरु बिच सामान्य बिबाद भएको प्रहरीले जनाएको छ ।
सामान्य बिबादकै क्रममा एक युवाले दुई जनालाई चुप्पि प्रहार गरेर फरार भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । चुप्पि प्रहारबाट घाईते भएका सुनसरी भुटाहा ५ का सेवन सिद्धीकी र फिरोज सिद्धिकीको धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।
उनीहरु मामा भाञ्जा भएको प्रहरीले जनाएको छ ।उनीहरुको अबस्था खतरा मुक्त रहेको छ ।चुप्पि प्रहार गर्ने युवा फरार रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।