पथरी/ जब बर्षायाम सुरु हुन्छ, तेली खोलाको त्रास सुरुहुन्छ । त्रासमा दिन र रात काट्दै आएकाछन् मोरङको जाँतेबासी । जाँते ९,३ र २ वडाको तेलीखोलाको पूर्बपश्चिम दुवै तिरका १सय ५० घरपरिवार बर्षेनी तेलीखोलाको क्षति सहदै आएका छन् । यस बर्ष ७ घरपरिवारको धान खेती १० विगाह जग्गा बगरमा परणीत भएको छ ।

khola

धानखेतीको ५० र बाह्रकोठेको १ सय घरपरिवारको ३सय खेतीयोग्य जग्गामा सधै बाढी पस्ने गरेको तेलि खोला उपभोक्ता नियन्त्रण समितिका अध्यक्ष विरवहादुर लिम्बूले बताए । उनले भने–‘हामी यसबर्ष देखि तेली खोला दिगो संरक्षणमा जुटेका छौ, सम्बन्धित निकायमा सवै ठाउँमा पहल गरिने छ ।’ हिउँदमा खोला सुक्छ, बर्षायाममा खोला उरलीएर आएर एकैचोटी गाउँ पस्ने गर्दछ । खोलाको पूर्बपश्चि दुवै तिर १० किलोमिटर तटबन्धन गरी खोलालाई विच भागमा बगाउने खोला पीडितको योजना छ ।

तर त्यतिका धेरै रकम कहाँबाट ल्याउने समितिका सचिव रामप्रसाद फुयाल बताउँछन् । खोलामा छेकथुन गर्न थालेको १५ बर्ष भयो । २०५८ सालबाट अहिले सम्म विभिन्न निकायहरुबाट ४८ लाख रुपैया रकम खोलाको दुवै पटि वढी क्षति हुने स्थानमा तार जाली लगाएर छेकछुन गर्दै आएको हो । ठुला–ठुला बजेट २०५८ सालमा जलस्रोत मन्त्रालयले ४ लाख र ०६४सालमा १० लाख खोला नियन्त्रण काली दिएका थिए । त्यसैगरी ०६९सालमा आरआरएनले १७ लाख बराबरको तारजाली र ढुङ्गाले छेकथुन गरिदिएको २ र ३ लाख बर्षेनी छेकथुनको लागी विभिन्न निकायबाट बजेट ल्याउने गरेको समितिका कोषाअध्यक्ष विन्दा आचार्य बताउछिन् ।

अहिले सम्म खोला छेकथुन गर्न लगाएको तारजाली स्पर्सहरु केही खोलाले बगाएको छ भने केही मात्र बचेको समितिले जनाएको छ । तर तेली खोलालाई टालटुल गरेर मात्र हैन दुवैपटि १० किलोमिटर बाँध बाँधेर स्पर्स लगाउन जरुरी रहेको स्थानीयहरुको माग छ ।