धरान/यामाहा कम्पनीको नयाँ स्कुटी सिग्नस रे–जेडआरको आइतबार धरानमा लञ्च गरिएको छ । यामाहाको आधिकारिक विक्रेता गजुरमुखी ट्रेड एण्ड सर्भिस लिंङ्कले जेडआरको लञ्च गरेको हो ।
[caption id="attachment_13580" align="alignnone" width="700"]

यामाहाकाे नयाँ स्कुटी लञ्च गर्दै सुनसरी उवा संघका अध्यक्ष राजेन्द साह । तस्बिर: उपेन्द्र चाम्लिङ[/caption]
जेडआरको विशेषता एयर कुल्ड फोर स्ट्रोक, एसओएचसी, सिभिटीजडित ११३ सीसी ब्लु कोर इन्जिन रहेको छ । माइलेज ६६ प्रतिकिलोमिटर रहेको कम्पनीले दाबी गरेको छ । ड्रम र डिस्क ब्रेकमा उपलब्ध ट्युवलेस र रोबस्ट बडीमा रहेको छ । विभिन्न रंगमा उपलब्ध जेडआरले उपभोक्ताहरुको मन जित्ने प्रोपाइटर गोपालप्रसाद आचार्यले बताए ।
सुनसरी उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र साह र मिस पूर्वाञ्चल २०१६ की कृतिका गिरीले संयुक्त रुपमा स्कुटीकाे लञ्च गरे । साथमा स्कुटी र्यालीसमेत निकालिएकाे छ । दशैंतिहारलार्इ लक्षित गर्दै स्कुटी भित्रयाइएकाे बताइएकाे छ । यसैबीच मिस पूर्वाञ्चल गिरीलाई सिल्भर इन्टरटेनमेन्टले यामाहा कै फ्यासिनो स्कुटीसमेत हस्तान्तरण गरेको छ । मिस पूर्बाञ्चल बन्ने स्पर्धीलार्इ अायाेजकले स्कुटी दिने गरिएकाे छ ।