इलाम/ इलामको पशुपतिनगरबाट प्रहरीले १ लाख ३० हजार मुल्य बराबरको कपडा नियन्त्रणमा लिई अाइतबार भन्सार बुझाएको छ।इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट गस्तीमा खटिएको प्रहरीको टोलीले विहान ३;३० बजे पशुपतिनगर-४ मा भारतबाट नेपालतर्फ ल्याई वेवारिशे अवस्थामा छाडेको रेडिमेड कुर्तासुरुवाल र पर्दाको ४ पोका कपडा बरामद गरेको हो।बरामद सामान आवश्यक कार्वाहीकालागी पशुपतिनगर भन्सार कार्यालयमा बुझाईएको उक्त कार्यालयले जनाएको छ।यता सप्तरीमा पनि सप्तरी प्रहरीले जिल्लाको तिलाठी- ५ बाट पाँच हजार ६ सय मूल्य बराबरको पान मसला बरामद गरी भन्सार बुझाएको छ। प्रहरी चौकी तिलाठीको टोलीले शुक्रबार राती पौने ९ बजे नहरको बाटो हुँदै भन्सार छलेको ल्याएको ४ बण्डल (दुई सय पिस) रजनीगन्धा पान मसला बरामद गरेको थियो। बरामद पानमसला आज तिलाठी भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।