पाँचकन्या/धरान–५ स्थित प्रतिष्ठित व्यापारिक संस्था बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिले सञ्चालन गरेको बराह बचत तथा ऋण सहकारी संस्था लि.ले ४२ करोड रुपैयाँ बढीको कारोबार गरेको छ । शनिबार धरानमा आयोजित सातौं वार्षिक साधारणसभामा अध्यक्ष मानबहादुर विश्वकर्मा (दियाली) ले पस्केको प्रस्तुत प्रतिवेदनमा ४२ करोड, २७ लाख १ सय ७५ रुपैयाँ कारोबार गरेको जनाए । प्रतिवेदनमा २०७३ असार मसान्त्सम्ममा १ करोड ३७ लाख ३४ हजार ९ सय रुपैयाँ शेयर रकम देखाइएको छ भने निक्षेप फिर्ता ४० करोड १५ लाख ३४ हजार ९ सय ४९ रुपैयाँ छ । यस्तै, २०७३ असार मसान्तसम्ममा १२ करोड, ६ लाख २ हजार ५ सय २ रुपैयाँ ऋण लगानी रहेको छ । संस्थाले ०७२÷०७३ मा १४ लाख ३९ हजार ९ सय २९ रुपैयाँ खुद मुनाफा गरेको छ भने हालसम्म ४४ लाख ४६ हजार १ सय २ रुपैयाँ मुनाफा गर्न सफल भएको छ । संस्थामा ६ सय ८० महिला र ४ सय ६३ पुरुष गरी ११ सय ४३ जना शेयर सदस्य छन् ।

[caption id="attachment_13485" align="alignnone" width="960"]Baraha photo तस्विर– उपेन्द्र चाम्लिङ /ब्लाष्ट खबर[/caption]

संस्थाले २०७१÷०७२ सम्ममा लगानी गर्ने शेयर सदस्यहरुलाई ९ प्रतिशत लाभांश बाँडेको साथै ०७२÷०७३ मा १३ प्रतिशत लाभांश बाँडेको अध्यक्ष दियालीले जानकारी दिए । कार्यक्रममा बोल्दै अध्यक्ष दियालीले अबका दिनमा संस्थालाई अझै सुदृढ गर्न विविध योजना तर्जुमा रहेको पनि सुनाए । उनले लेखा प्रणाीलाई सशक्त र जिम्मेवार बनाइने, शेयर सदस्यहरुलाई सहकारी शिक्षा तालिम, अवलोकन भ्रमण, अन्तक्र्रिया, दीर्घकालीन बचत तथा ऋण लगानीको प्राथमिकता निर्धारण, पञ्चवर्षीय योजना तर्जुमा गरिने, सञ्जयकोष, बिमा, शेयर सदस्यका छोराछोरीहरुलाई छात्रवृत्तिमा जोड दिने बताए । उनले ऋणको दायरा बढाइने, शेयर सदस्यहरुको चाहनाअनुसार व्यवसायमा लगानी प्रवद्र्धन, संस्थाको शयर तथा निक्षेप वृद्धि कार्यक्रमलाई प्रभावकारी बनाइने, बराह बचत कार्यक्रमअन्तर्गत बचत र ऋण कार्यक्रमलाई निरन्तरता, बराह विशेष बचत र खुत्रुके बचत कार्यक्रमलाई अझै प्रभावकारी बनाइने, शेयर सदस्यहरुको आर्थिक र सामाजिक उन्नतिको लागि दीर्घकालीन बचत र विमा कार्यक्रम अघि बढाइनेलगायतका कार्यक्रम अघि सारेको जनाए ।

कार्यक्रममा सर्वाधिक निक्षेपकर्ता फिल्डकर्मचारीतर्फ कमला श्रेष्ठ, धरान–७, रमा डुम्जन, धरान–८ र लमु शेर्पा, धरान–१७ लाई पुरस्कृत गरियो । यस्तै, सर्वाधिक निक्षेपकर्ता खगेन्द्र नेपाल, धरान–१५, चौमाया लिम्बू, धरान–२०, विष्णुराज श्रेष्ठ, धरान–२० लाई पनि सम्मान र पुरस्कृत गरियो । यस्तै, असल ऋणी विना तामाङ, धरान–८, चन्द्रप्रसाद बजगाई, धरान–३, रेनुकादेवी अग्रवाल, धरान–८ लाई पनि सम्मान गरियो । सक्रिय अभियन्ता निशा लामा, धरान–१५, कुमारी लिम्बू, धरान–१८, कमला बस्नेत, धरान–८ लाई पनि सम्मान गरियो । यस्तै बराह प्रोत्साहन पुरस्कार धरान–३ का कामेश्वर राम, धरान–१५ का जगतबहादुर राई, धरान–४ का दिलबहादुर विक र धरान–१९ की फूलकुमारी लिम्बूलाई प्रदान गरियो । इलाका प्रशासन कार्यालय धरानका प्रमुख सीताराम कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राई, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र साह, क्याप्टेन नन्दबहादुर राईलगायतको उपस्थिति थियो ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति सङ्घ सुनसरीका पूर्व अध्यक्ष ङावालप्टु लामा शेर्पा, अग्रज पत्रकार भवानी बराल, दलित संघका वरिष्ठ उपाध्यक्ष रमेश गजमेर, विश्व हिन्दु परिषद्का देवराज अधिकारी, नेपाल पत्रकार महासंघका सुनसरी अध्यक्ष केशव घिमिरेलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष पूर्णकुमार कालिकोटेले गरेका थिए भने समापन प्रशासकीय अधिकृत गङ्गा कालिकोटेले गरेका थिए । कार्यक्रमको सञ्चालन अवइन्द्र निरौलाले गरेका थिए ।