इटहरी/ इटहरीमा सञ्चालित सरस्वती कृषक सहकारी संस्था लिमिटेडको १२ औं साधारणसभा सम्पन्न भएको छ ।इटहरी–३ तालतलैयामा शनिबार भएको साधारणसभाको उद्घाटन ब्लाष्ट टाइम्स दैनिकका प्रधानसम्पादक राजकुमार कार्कीले गरेका थिए । कार्यक्रममा प्रगति प्रतिवेदन पेश गर्दै अध्यक्ष प्रवीनकुमार कार्कीले १० औं साधारणसभामा ८ हजार ऋण लगानी भएको संस्थाले १२ औं साधारणसभामा आइपुग्दा एक करोड ८१ लाख ६६ हजार रुपैयाँ ऋण लगानी गरी ७० लाख ९८ हजार ३ सय ९५ रुपैयाँ असुली गरेको जानकारी दिए ।

rk

संस्थाले गएको आर्थिक वर्षमा २२ लाख २४ हजार २ सय २५ रुपैयाँ आम्दानी गरेको छ भने खुद आम्दानी ११ हजार ३ सय ६८ रुपैयाँ गरेको पनि अध्यक्ष कार्कीले जानकारी दिए । आर्थिक वर्ष २०७१÷०७२ मा ३६ लाख ३५ हजार १ सय ८८ रुपैयाँ बचत रहेकोमा गत आर्थिक वर्षमा १ करोड २० लाख एक हजार ६ सय २५ रुपैयाँ बचत सङ्कलन गरी २५ लाख २ हजार ३ सय ८ रुपैयाँ फिर्ता र ९४ लाख ९९ सय हजार ३ सय १७ रुपैयाँ मौज्दात रहेको पनि सो अवसरमा जानकारी दिइयो ।साधारणसभाको उद्घाटन सत्रमा प्रमुख अतिथि राजकुमार कार्कीसहित विजयपुर एफएमका प्रबन्ध निर्देशक राजेन्द्र राई, गोर्खा फाइनान्स लिमिटेडका प्रबन्धक तथा सिंगापुर पूर्व प्रहरी सङ्घका अध्यक्ष विजयबिक्रम लिम्बू, मिस लिम्बू २०१५ की मिस प्m¥याङ्क्ली मेलिना तुम्सा लिम्बू, मिस पूर्वाञ्चल २०१६ की सेकेन्ड रनरअप इक्सा मादेन, मिस मङ्गोल २०१५ की फष्ट रनरअप स्वरुपा थापा मगरसहित विभिन्न अतिथिले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम सञ्चालन सहकारीका प्रबन्ध निर्देशक अनिल अधिकारीले गरेका थिए र संस्थाका सदस्य माधव खरेलले स्वागत मन्तव्य राखेका थिए भने सोही अवसरमा संस्थामा आवद्ध ग्राहकलाई सम्मानसमेत गरिएको थियो ।कार्यक्रममा उत्कृष्ट ऋणी, ग्राहक नविन पौडेललाई सम्मान तथा उत्कृष्ट बचत, ग्राहक सम्मान सन्तोष राईलाई प्रदान गरियो । कार्यक्रममा कलेक्टर कर्मचारीलाई ब्याग तथा सम्मान गरिएको थियो । संस्थाले वार्षिक डेढ करोड बढीको कारोबार गरेको छ ।

rrr