बक्लौरी/नगरोन्मुख गाउँको रुपमा विकास भइरहेको सुनसरीको बक्लौरीका बासिन्दाले प्रहरी चौकी स्थापना गर्न बारम्बार राखेको माग बेवास्ता भएको भन्दै आपत्ति जनाएका छन् । बक्लौरी क्षेत्र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुको लुक्ने ठाउँ भइरहे पनि प्रहरी चौकी स्थापना नगरेको उनीहरुको गुनासो छ । बक्लौरी गाविसमा सुरक्षा अवस्था फितलो भएको राजनीतिक दलका स्थानीय प्रतिनिधिहरुले आरोप लगाएका छन् । सुनसरीका प्रायः जसो गाविसमा प्रहरी चौकी स्थापना भए पनि नगरोन्मुख गाविसको रुपमा विकास भइरहेको बक्लौरीमा चौकी स्थापना गर्न माग राखे पनि प्रशासन र प्रहरीले बेवास्ता गरेको स्थानीय तथा नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति उपेन्द्र कटुवालले आरोप लगाए ।

[caption id="attachment_13153" align="aligncenter" width="711"]police-chouki111 यो तस्विर गुगलबाट लिईएको हो ।[/caption]

सबै दलका नेताहरुको सहमतिमा अन्तिम तयारी गरिएको भए पनि चौकी स्थापना नभएको उनले बताए । प्रहरी चौकी स्थापना नहँुदा बक्लौरी क्षेत्रमा सुरक्षा चुनौती थपिएको उनको भनाइ छ ।बक्लौरीका युवा सङ्घ अध्यक्ष दिनेश श्रेष्ठले प्रहरी चौकी स्थापना गर्न आपूmहरुले गरेको बारम्बारको प्रयास बालुवामा पानीसरह भएको बताए ।

चौकी स्थापना गर्न भनेर ६ वर्षको लागि प्रहरी बस्ने ठाउँ, भाँडाकँडालगायतका सामग्रीको व्यवस्था गरिसके पनि प्रहरी नआउँदा यस क्षेत्रमा गुण्डागर्दी बढिरहेको उनको भनाइ छ । ‘हामीले बारम्बार प्रहरी चौकीको लागि प्रशासनमा दबाव दियौँ तर चाँडै हुन्छ भन्ने उत्तर आएको दुई वर्षभन्दा बढी भइसक्यो ।’ उनले भने । प्रहरी चौकी नहँुदा बक्लौरीको विकास पनि तीव्र गतिमा हुन नसकेको माओवादी केन्द्र बक्लौरीका अध्यक्ष शैलेन्द्र धामीले बताए । उनले बक्लौरी क्षेत्रमा ठूला व्यापारी, बैङ्क तथा वित्तीय संस्थाहरु पनि सुरक्षाकै कारण नआएको बताए । ‘सुरक्षाकै कारण सुन दोकानसम्म खुल्न सकेको छैन, हामीलाई प्रहरी प्रशासनले टेरेन ।’

उनले थपे । बक्लौरीमा प्रहरी चौकी अत्यन्तै आवश्यक भए पनि प्रहरी र सीडीओहरुले आश्वासनबाहेक केही नदिएको उनले बताए ।यता मधेशी जनअधिकार फोरमका बक्लौरी अध्यक्ष परशुराम चौधरीले पनि बक्लौरीमा चौकी स्थापना नहँदा शान्ति सुरक्षा फितलो भएको बताए । पकलीका प्रहरी बेलाबेलामा पुगे पनि शान्ति सुरक्षा कमजोर भएको उनको आरोप थियो । बक्लौरीमा चौकी र प्रहरी नहँुदा केटाहरुको फट्याइँ सहेरै बस्न बाध्य भइरहेको उनको भनाइ थियो । ‘हामीलाई प्रहरी पठाउन किन मान्दैन प्रहरी ? हाम्रो सुरक्षा कसले गर्छ ?’ चौधरीले प्रश्न गरे ।