धरान/कलेजोमा समस्या दखिएपछि अस्पताल भर्ना भएका चर्चित गायक खेमराज गुरुङको बिहीबार अपह्न्न निधन भएको छ । चर्चित गीत ‘वारि जमुना पारि जमुना’का गायक खेमराज गुरुङको चावहिलस्थित मेडिकेयर अस्पतालमा उपचार गराइरहेको थियो ।जण्डिस बिग्रिएपछि १० दिनदेखिमा उपचाररत गुरुङको बिहीबार अस्पतालमै निधन भएको भएको गायक कमलिकान्त भेटवालले जानकारी दिए । गुरुङलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । परिवारले उनलाई थप उपचारका लागि दिल्ली लाने तयारी समेत गरेको थियो ।