भद्रपुर/यातायात व्यवस्था कार्यालयको मापदण्ड विपरित सञ्चालनमा आएका सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही सुरु गरेको छ । विभिन्न अञ्चलको सवारी सञ्चालनको अनुमती लिएपनि रुटपरमिट विपरित सवारी चलाएको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले कारवाही सुरु गरेको हो ।
ट्राफिक प्रहरी कार्यालय चन्द्रगढीले केहि दिन अघि देखि मेची राजमार्ग अन्तरगत भद्रपुर सडक क्षेत्रमा गरेको चेक जाँचमा लामो तथा छोटो दुरीमा सञ्चालित विभिन्न प्रकारका रात्री तथा दिवा वस तथा माइक्रो तोकिएको रुट भन्दा बाहिरका सवारी फेला पारेको हो । चेक जाँचको क्रममा कोशी अञ्चलको परमिट लिएर भद्रपुर सडकमा आएको ग १ ज २१५९ को टाटा सुमो, काकरभिट्टा– विराटनगरको परमिट लिई भद्रपुर– विराटनगर चल्ने मे १ ख १६९१ नम्बरको डिलक्स नामको दिवासेवा बस, ताप्लेजुङ् धरानको अनुमती लिई भद्रपुर धरानमा चल्ने ना ३ ख ९०१५ र ना ५ ख ३५४० नम्बरको फेसवुक यातायात रहेका छन् ।
काकरभिट्टा – काठमाण्डौको इजाजत लिई भद्रपुर काठमाण्डौ दिवाकालिन चल्ने ना ५ ख १२२६ नम्बरको मितेरी, बा ४ ख २७३३ नम्बरको रात्री कालिन परेली यातायात र बा ३ ख २८५५को मातृभाग्य रेखालाई प्रहरीले चेक जाँचमा फेला पारेको छ । त्यसैगरी ना ५ ख ११२७ को मकालु यातायातले काकरभिट्टा – विराटनगरको अनुमती लिएर भद्रपुर – विराटनगर दिवा सेवामा चलाउदै आइरहेको,बा ३ ख ८२७६ को माइक्रोले पटके नलिइकन विना रुट रिर्जभ आएको त्यसैगरी बा ४ ख ३०७० को माइक्रो बसले काकरभिट्टा परमिट भएपनी भद्रपुरमा चलाएको पाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रगढीका असई जनक तिम्सिनाले बताए । बनियानी – विर्तामोड इजाजत लिएपनि मे १ ख १९४७ नम्बरको मातृभाग्य रेखाले छतमा राखी यात्रा गराएको पाइएको असई तिम्सिनाले बताए । चेक जाँचमा गल्ति भेटिएका सवारीलाई नियमअनुसारको कारवाहीका लागी यातायात व्यवस्था कार्यालय विर्तामोडमा रेकर्ड पठाइएको तिम्सिनाले जनाए । रुट परमिटको जरिवाना काट्ने अधिकार नभएकोले यस्ता प्रक्रितीका सवारी यातायातले गर्ने गरेको उनले बताए ।
चेक जाँचको क्रममा अधिकाशं सवारीले सडक अनुमति लिए अनुसारको काम नगरेको उनको भनाई छ ।कागजपत्रमा तोकिएको रुट भन्दा बाहिर सवारी चलाएमा गैरकानुनी मानिने यातायात व्यवस्था कार्यालय मेचीका प्रमुख जनार्दन भट्टराइले बताए । ट्राफिकले उल्लेख गरि पठाएको लिखित कसुरको अधारमा कारवाही गरिने प्रमुख भट्टराइको भनाई छ ।भद्रपुवाट हाल मेची यातायात,मेची बस व्यवसायी र पुर्वाञ्चल यातायात संघवाट सञ्चालित रात्री तथा दिवा गरेर लामो दुरीका दैनिक सरदर दश ओटा सञ्चालनमा रहेको चन्द्रगढीको वुकिङ काउन्टरले जनाएको छ ।