emanu

धरान/ सेन्चुरी वैंक घोटाला प्रकरणमा मुछिएका इमान्युएल ज्वेलरीका सञ्चालक संजय राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले सो प्रकरणका विषयमा अनुशन्धान थाले लगत्तै प्रहरीमा उनी विरुद्द सार्वजनिक अपराध ऐन अन्तरगत जाहेरी परेपछि उनलाई नियन्त्रणमा लिईएको डिएसपी ढकेन्द्र खतिवडाले जानकारी गराएका छन् । संजयको व्यवसायीक साँझेदार मानिएकी वुढासुब्बा होटलकी संचालीका शान्ता राई र संजयकी श्रीमति कमला श्रेष्ठ राई विच भएको झगडालाई लिएर परेको जाहेरीका आधारमा नियन्त्रणमा लिईएको खतिवडाले वताए ।

केहि समय अघि पनि संजय राई र शान्ता राईलाई प्रहरीले पक्राउ गरी सार्वजनिक अपराधमा मुद्दा चलाएको थियो । उनिहरु दुवै जना धरौटीमा छाडिएका थिए । पटक पटक झैझगडामा संलग्न रहेको र जाहेरी परेकाले संजय , उनकी श्रीमति कमला र शान्तालाई नियन्त्रणमा लिएर सार्वजनिक अपराधमा मुद्दा चलाउने खतिवडाले जनाएका छन् । खतिवडाले संजय र उनकी श्रीमतिमाथि सेन्चुरी वैकको धरान शाखामा भएको गोलमाल र ईमान्युएल ज्वेलरीका नाममा पासवुक नै छापेर वजारवाट अवैध रुपमा वचत संकलन र लोन लगानी गरेको विषयमा समेत छानवीन हुने वताएका छन् ।यसैविच संजयकी श्रीमतिले आफुलाई संजयले गैरकानुनी रुपमा काम गरेको थाहा नभएको जनाएकी छन् । उनले मिडियामा यो विषय वाहिरीएपछि मात्रै आफुलाई थाहा भएको जनाउँदै संजयले गरेका हरेक गलत कामको जिम्मा नलिने जनाएकी छन् ।

उनले संजयसँग आफ्नो सम्वन्ध राम्रो अनि सुमधुर नरहेको जनाउँदै वैंकमा भएको गोलमाल र गैरकानुनी रुपमा वैंकिङ गतिविधि गरेको विषयमा आफ्नो संलग्नता नरहेको जनाएकी छन् । उनले लोन लिईएको कागजमा आफ्नो हस्ताक्षर रहेको भएपनि आफ्नो साथमा एक रुपैंया पनि नरहेको र छोराछोरीको विचल्नी भएको दावी गरेकी छन् ।उनले आफु यो प्रकरणमा निर्दोष रहेको दावी गर्दै सहयोग गर्न आग्रह गर्दै उनले भनिन ‘ श्रीमानका हरेक कुरा जानकारी सवै श्रीमतिलाई हुँदैन मेरो नाममा लोन लिएको देखिएपनी मसँग केहि छैन उता सुनसरीका सिडिओ मोहन चापागाँईले सेन्चुरी वैंकमा भएको गोलमाल र अवैध रुपमा गरिएको वैंकिङ कारोवारका विषयमा छानविन थालिएको र संलग्न सवैलाई उपस्थित गराउन प्रहरीलाई भनिएको जनाएका छन् ।