विजयपुर/डल्फिन स्टारको २०७३को दोश्रो चरणको अडिसन शनिबार सम्पन्न भएको छ । अडिसनबाट नृत्य र गायन तर्फबाट १२ जना तेश्रोे चरणमा प्रबेश गरेका छन् । दोश्रो चरणबाट तेश्रोे चरणमा प्रबेशगर्न नृत्य तर्फं १० जना र गायन तर्फ १४जना गरि २४ जनाले प्रतिस्प्रधा गरेका थिए । शनिबार भएको अडिसनमा नृत्यतर्फ सबनम राई,बिनीता राई,दिनेश राई,छाया तामाङ र सुस्मिता चाम्लिङ राई छानीएका छन् ।

गायन तर्फ सुरेश राई,शिब लिम्बु,रमेश जिमी,अन्जना लिम्बु,सजना श्रेष्ठ,अनु राई र सञ्जु राई छानीएका छन् । गायन तर्र्फको निर्णायकमा सुरज मेवाहाङ राई,रामकर राई रहेका थिए भने नृत्य तर्फ नगेन्द्र लोहरुङ राई र हेमराज गजमेर निर्णयक थिए ।मोडलिङ तर्फको ट्यालेन्ट सो पनि शािनबार नै सम्मन्न भएको थियो ।
यस तर्फ मेरीना तुम्सा लिम्बु र स्वरुपा थापामगरले निर्णायकको भुमिकामा रहेका थिए ।डल्फिन पुर्वाञ्चल एकेडेमीका निर्देशक सन्तोष राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।