NSU

धरान/नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ केन्द्रीय कार्य समितिको नयाँ समिति तीनघण्टा भित्र छिनोफानो हुँदै छ ।

मतगणना केही बेर अघिबाट सुरु भइसकेको छ । निर्वाचन समितिले तीनघण्टासम्ममा मत परिणाम आउने बताइएको छ । मतगणना नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा भइरहेको छ ।

निर्वाचन अधिकृत कृष्ण पनेरुका अनुसार तीन घण्टा भित्रमा चुनावको परिणाम आइसक्ने छ । चार ठाउँमा मतपत्रहरु छुट्याएर गन्ने काम भइराखेको छ । मतदानमा जम्मा ३३०७ मत खसेको थियो ।