धरान/नेपाली कांग्रेसले पार्टीमा आवद्ध महिलाहरुलाई वडागत रुपमा प्रशिक्षण अभियान सञ्चालन गरेको छ । महिलाहरुलाई राजनीतिक एवम् सामाजिक सशक्तिकरण गर्नको लागि सुनसरी क्षेत्र नम्बर १ भरी रहेका महिलाहरुलाई प्रशिक्षण दिइरहेको हो । Traning यो अभियानको आयोजना कांग्रेस निकट नेपाल महिला संघ क्षेत्रीय समितिले गरिरहेको छ । समितिकी सभापति नेत्रकुमार राईको नेतृत्वमा भइरहेको प्रशिक्षण कार्यक्रममा हालसम्म १, ४ र ६ नम्बर वार्डमा प्रशिक्षण समापन गरिएको छ । संघको केन्द्रीय समितिले जिल्लाले प्रत्येक क्षेत्रीय समितिमा दुई दुई जना प्रशिक्षण तयार गर्दै उनीहरु मार्फत् नै वडागत प्रशिक्षण गराइरहेको सूनसरी सचिव एवम् प्रवक्तासमेत रहेका सुजेन्द्र तामाङ गोलेले बताए ।   उनका अनुसार हाल धरान उपमहानगरका एक देखि १२ नम्बर वडासम्म प्रशिक्षण सम्पन्न भइसकेको छ । प्रशिक्षणमा निलकुमारी गिरी थापा र निर्मला नेपालले सहजिकरण गरिरहेका छन् । प्रशिक्षणको उद्घाटन संघकी जिल्ला अध्यक्ष विजया कटवालले गरेकी छन् ।