धरान/मुलबासी एकता सञ्जालले पहिचानवादी राजनीतिक दल तथा संघ संस्थाहरु बीच एकताको बहस कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।

बहस कार्यक्रममा विभिन्न राजनीतिक दल तथा जातीय संघ संस्थाका प्रतिनिधिहरु उपस्थित रहेका थिए । कार्यक्रममा संघिय खम्बुवानका तर्फबाट पार्टी प्रबत्ता बिप्लप खम्बु, संघिय लिम्बुवानका सुनसरी उपाध्यक्ष संजहाङ्ग लिम्बु र भुमि अधिकार मंच अध्यक्ष परशुराम वाइवा तामाङ्गलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा खम्बुवान रास्ट्रीय मोर्चाका तर्फ बाट केन्द्रिय बिद्धार्थी उपाध्यक्ष रमेशकुमार राई,मंगोल नेशनल अर्गानैजेशनका तर्फबाट केन्द्रिय कोशाध्यक्ष दिनेश वान्तावालगायतको उपस्थिति रहेको थियो ।
संजाल संयोजक क्रान्ति सम्पाङ्ग सञ्चालन गरेको कार्यक्रममा धरान नगर समिति अध्यक्ष भीमराज राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।