धरान / नेकपा एमालेले प्रधानमन्त्री पदमा उम्मेद्वारी नदिने निर्णय गरेको छ । त्यो निर्णयसँगै प्रचण्डको प्रधानमन्त्री बन्ने ढोका खुल्ला भएको छ ।

सोमबारसम्म एमाले बीचमा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको नामसमेत प्रधानमन्त्रीमा आइरहेका बेला मंगलबार बालुवाटारमा बसेको स्थायी समितिको बैठकले प्रधानमन्त्रीमा उम्मेद्वारी नदिई प्रतिपक्षमा बस्ने निर्णय अघि सारेको हो ।
सहमतीयका लागि छुट्याएको समयसम्म पार्टीहरु बीच सहमति हुन नसकेपछि बहुमतीय प्रणालीमा गएको थियो । बुधबार हुने प्रधानमन्त्रीको निर्वाचनको लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उम्मेद्वारी दर्ता गराएका छन् ।
प्रचण्ड ३९ औं प्रधानमन्त्रीको लाइनमा छन् । यस अघि पनि प्रधानमन्त्री भइसकेका प्रचण्डको यो दोस्रो कार्यकाल हुने छ । तत्कालीन समयमा प्रधानसेनापति प्रकरणबाट राजिनामा दिँएका थिए । प्रचण्डलाई कांग्रेससँगै मधेशी मोर्चाहरुकोसमेत साथ छ ।