30072016060632Saptari_Ghatana-(2)-1000x0राजविराज / सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सप्तरीको तिलाठी स्थित दशगजा क्षेत्रमा राज्यले षडयन्त्रपूर्वक नेपाली र भारतीयविच भिडन्त गराएको बताएका छन् । खाडो नदिको वहाव छेक्न तटवन्ध वनाउने र भत्काउने विषयमा विवाद हुँदा दुई देशका नागरिक विच भएको झडप राज्यले मधेशीप्रति गर्ने षड्यन्त्रको नमुना भएको आरोप लगाए । वाढि पीडितक्षेत्रको निरिक्षण तथा राहत वितरण कार्यक्रममा सहभागी हुन आईतवार राजविराज आएका महतोले सोमवार पत्रकार सम्मेलनमा भने –‘समस्या आज पहिलो पटकको होईन, १५ वर्षअघि देखिको हो । दुई देशको उच्चस्तरीय संयन्त्रवाट मात्रै निराकरण हुने सो विषयलाई राज्यले अहिलेसम्म किन गम्भिरतापूर्वक लिएन ।’ नेपालका मधेशी र भारतीयका विचमा भएको पारिवारीक सम्वन्धलाई विगार्ने कुत्सित मनसायलेनै समस्यालाई जेलेर राखिएको बताए । मधेसका बाढीपीडतलाई राहत तथा पुनस्र्थापनामा पनि सरकारले विभेद गरेको आरोप लगाउँदै उनले भुकम्प पीडितलाई दिए सरह वाढिपिडितलाई पनि तत्काल राहत र क्षतिपूर्ति दिन माग गरे । भूकम्पवाट घर भत्किएकालाई २ लाख अनि वाढिवाट घर भत्किएकालाई ५ हजार दिने कहाँको नियम हो ।’–उनले भने –‘यो राहत तथा पुनस्र्थापनामा भएको विभेद हो, वाढि पीडितलाई पनि भुकम्प पीडित सरह राहत दिनुपर्छ ।’