काठमाडौं / भारतले नेपालमा बाढी र पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उसले नेपाल सरकारले आग्रह गरेमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ । भारतीय विदेश मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास स्वरुपले त्यस्तौे प्रतिबद्धता जनाएका हुन् । विदेश मन्त्रालयका प्रवक्ता स्वरुपले भने, ‘नेपालमा बाढी र पहिरोबाट भएको क्षतिबाट हामी दुःखी छौं । यदी नेपाल सरकारले आग्रह गरेमा जस्तोसुकै सहयोग गर्न भारत तयार छ ।’