विजयपुर/ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाएको प्रश्नका बारेमा जबाफ दिन संसद भवन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबारपनि जबाफ दिन पाएका छैनन् ।

बिपक्षितका प्रश्नको जबाफ दिन आएका प्रधानमन्त्रीलाई जबाफ दिन नै अबरोध गर्नु लोकतान्त्रीक पार्टिको अलोकतान्त्रीक हर्कत भएको बहसहरु हुन थालेको छ ।
काङग्रेशले भूकम्पपीडितलाई एकमुष्ठ रकम अनुदान सहयोग गनुपर्ने भन्दै सदन अवरोध गर्दै आएको छ । काङग्रेशको यो हर्कतले संबिधान कार्यन्वयनको लागि गर्ने गुर्नुपर्ने कार्यतालीकामै असर पुग्न सक्ने देखिएको छ । शुक्रबारपनि प्रतिपक्षीको जबाफ दिन प्रधानमन्त्री संसद पुगेका थिए तर काङग्रेशले संसद अबरुद्ध गरेर प्रधानमन्त्रीलाई जबाफ दिन रोकेको थियो । काङग्रेशले आफ्नो हर्कत आईतबारको बैठकमा नदेखाउला भन्ने अड्कल गरिएको थियो ।
‘प्रधानमन्त्रीले दिएको जबाफ चित्त नबुझे फेरी जबाफ माग्ने प्रकृयामा काङग्रेश जानु पर्ने थियो’ काङग्रेशका एक केन्द्रीय नेताले भने ‘कमजोर मुद्धामा संसद अबरुद्ध गरेर फेरीपनि अपरिपक्वता देखाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीले उठाएका मागका बारेमा सम्बोधन गर्ने समय माग गरेको भए पनि विपक्षी दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले सरकारले भूकम्पपीडितलाई एकमुष्ट रकम दिने निर्णय नगरेसम्म सदनको कामकारवाही चल्न नसक्ने जानकारी गराएपछि कांग्रेस सांसदहरु उठेर श्रेष्ठलाई समर्थन गरेका थिए ।
स्मरणीय छ काङग्रेशको उक्त माग पुराहुन पनि संसद बैठकबाट प्रस्ताब पारित हुनु पर्छ । सरकार ढाल्ने प्रयोजनका लागि जर्बजस्ती गरिएको अबरोधको रुपमा पनि कतिपयले यसलाई हेरेका छन् ।