काठमाण्डौ/ नेपाली काङग्रेशले बिहिबार संसद बैठकमा भुकम्प पिडितलाई रकम दिने बिषयमा प्रधानमन्त्रीको जबाफ माग गरेको थियो । प्रमुख प्रतिपक्षिको प्रश्नको जबाफ दिन शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली संसद पुगेका थिए । तर नेपाली काङग्रेशले प्रधानमन्त्रीलाई संसदमा सम्बोधन गर्न दिएन ।
[caption id="attachment_4553" align="aligncenter" width="450"]
फाइल फोटो[/caption]
अहिले बिष्लेशकहरुले नेपाली काङग्रेशले अपरिपक्व काम गरेर फेरीपनि चिप्लीएको बताएका छन् । सदनमा प्रश्न उठाएर जबाफ दिन रोक लगाउने कार्यको सामाजीक सञ्जालमा समते चर्को आलोचना सुरु भएको छ । ‘जबाफ दिन संसद मा पुगेका प्रधानमन्त्रीलाई सम्बोधन गर्न नदिनु अपरिपक्व निर्णय हो ’बिष्लेशकहरुले बताएका छन् ।संसद अबरुद्ध गर्ने काङग्रेश संसदहरुले प्रधानमन्त्रीले आफुहरुसँग कुनै राय नै नलिईकन सम्बोधन गर्न लागेको भनेर बैठक अबरुद्ध गरेका थिए ।
शुक्रबारको बैठकमा प्रधानमन्त्री ओलीले कांग्रेसले उठाएको विषयको जवाफ दिन चाहेका थिए । आफूहरुले उठाएको विषयमा प्रधानमन्त्रीले कुनै सम्वाद नै नगरेकोले बैठक चल्न नदिने उनीहरुले बताए । आफूहरुले उठाएको मागबारे के गर्ने भन्ने सहमझदारी नगरे सदन चल्न नदिने कांग्रेसले बताएको छ ।कांग्रेसको चेतावनीपछि संसद बैठक सुरु हुन सकेको छैन भने प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमाले नेताहरुले विपक्षी दलका नेताहरुसँग वार्ता गरेका थिए ।बार्तामा कुनै सहमती नभएपछि आईतबार सम्मका लागि बैठक स्थगित भएको छ ।