ताप्लेजुङ / नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी ताप्लेजुङले जनतासँग प्रत्यक्ष सरोकार राख्ने सरकारी तथा गैर सरकारी कार्यालयहरुले अनियमितता गरे अबदेखि कडारुपमा प्रस्तुत हुने चेतावनी दिएको छ । 2 photo mbयसअघि विभिन्न समयमा प्रेस विज्ञप्ति र प्रत्यक्ष भेटेर जनसरोकारका कार्यालय र कर्मचारीलाई अनियमितता, कालो बजारी र भष्टाचारलाई बढावा दिने काम नगर्न आग्रह गरेपनि यस्तो क्रियाकलाप नरोकिएको भन्दै पार्टीले मङ्गलबार सदरमुकाममा पत्रकार सम्मेलन गरी यस्तो चेतावनी दिएको हो । पछिल्लो समय दलाल, भ्रष्टाचारी, कालोबजारी, महङ्गी, सुतखोरी र तस्करलाई नियन्त्रण गर्नुपर्नेमा राज्यले संरक्षण गरेको आरोप लगाउँदै सो पार्टीका जिल्ला सचिव आशिषले नियन्त्रण गर्ने निकाय निस्क्रिय भएकाले आपूmहरुले यसको नियन्त्रणमा लाग्नुपरेको बताए । ताप्लेजुङका गाविस सचिवहरुलाई सरकारले मात्र नभइ आपूmहरुले पनि बारम्बार गाउँ जान आग्रह गरेपनि विभिन्न बहाना देखाउँदै कार्यक्षेत्रमा नफर्किएकाले पुनः आनाकानी गरे त्यसको परिणाम सकारात्मक नहुने सचिव आशिषले चेतावनी दिए । गत वर्ष बैशाख १२ मा आएको विनाशकारी भूकम्पपछि भूकम्पको नाममा आएको सहयोग सदुपयोग नभएको, भूकम्प पीडितको नाममा आएको राहतमा भ्रष्टाचार र अनियमितता शुरु भएको साथै वर्षायाम लागिसक्दा समेत पीडितको अवस्था ज्यूँकात्यूँ रहेकाले आपूmहरुले बाध्य भएर आन्दोलन गर्नुपरेको उनको भनाइ छ । बढ्दो अनियमितता, कालोबजारी, भ्रष्टाचार र दलाल प्रवृत्तिलाई जरैदेखि उखेल्न नेकपा माओवादी लागिपरेको उल्लेख गर्दै सो पत्रकार सम्मेलनमा वितरीत विज्ञप्तिमा यस्तो अवस्था रहिराखेमा र विभिन्न समयमा पक्राउ परेका आफ्ना कार्यकर्ता विना शर्त रिहा नगरे राज्यले ठूलो मूल्य चुकाउनुपर्ने सो पार्टीले चेतावनी दिएको छ ।