digतपाईं–हामीले भगवान मानेका चिकित्सकहरु नै नक्कली फेला पर्न थालेपछि त्रस्त बनेका आम नेपाली अहिले उपचारका लागि अस्पताल जान भयभितसमेत बनेका छौ“ । नेपाल प्रहरीको इतिहासकै एक महत्वपूर्ण अपरेशन ‘क्वाक’ अन्तर्गत प्रहरीले अहिले नक्कली चिकित्सकहरु देशैभरिबाट पक्राउ गरिरहेको छ । यो अप्रेशन र नेपालको चिकित्सा क्षेत्रभित्र हुने ठगीका विषयमा अप्रेशनको नेतृत्व गरिरहेका डीआईजी नवराज सिलवालस“ग यसै विषयमा गरिएको कुराकानीको सम्पादित अंश:

के हो अप्रेसन क्वाक ? – नेपाल प्रहरीअन्तर्गत केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले चिकित्सा क्षेत्रभित्र रहेर तपाईं–हाम्रो स्वास्थ्यमाथि गम्भीर खेलबाड गरिरहेका नक्कली चिकित्सकलाई पक्राउ गर्न बनाइएको एक खास मिसन नै अप्रेसन क्वाक हो । कसरी बन्यो अप्रेसन क्वाकको योजना ? – २०७२ साल मङ्सिरमा नेपाल मेडिकल काउन्सिलले लिएको परीक्षामा सहभागी हुने क्रममा नक्कली परीक्षार्थी बनेर आएका सुनिल यादव र निरज शर्मा पक्राउ परेपछि चिकित्सा क्षेत्रभित्र नक्कली प्रमाणपत्रधारी व्यक्तिहरु रहेको हाम्रो अनुसन्धानले देखायो । उनीहरुको बयानपछि हामीले ‘अप्रेसन क्वाक’ को डिजाइन ग¥यौँ । अप्रेसनका लागि कति जनशक्ति परिचालित छ ? – अप्रेसनका लागि अहिले मेरो नेतृत्वमा ५० भन्दा बढी सिनियर प्रहरी अधिकृतसहित ठूलो जनशक्ति परिचालित छ । त्यसका अलावा स्थानीय प्रहरीसमेत अप्रेसनमा संलग्न छन् । बढीजसो भारतीय विश्वविद्यालयका प्रमाणपत्रहरु नक्कली भएको कुरा बाहिर आएको छ । यसलाई पुष्टि गर्ने आधारहरु तपाईंहरुस“ग छन् कि छैनन् ? – अप्रेसनका क्रममा हाम्रो अनुसन्धानको दायराभित्र रहेका सबै चिकित्सकका प्रमाणपत्रहरु हामीले सम्बन्धित देशका विश्वविद्यालय र सरकारी निकायहरुबाट चेकजाँच गराएका छौँ । हामीले आशंकाकै भरमा कसैलाई समातेका छैनौँ । नेपाल प्रहरी एक्लैले यी सबै काम गरेको हो ? – एक्लै त यति ठूलो अपरेसन सम्भव नै छैन । हामीले नेपाल मेडिकल काउन्सिल, उच्च माध्यमिक शिक्षा परिषद्, त्रिभुवन विश्वविद्यालयसहितको सहयोगमा अप्रेसन चलाइरहेका छौँ । शैक्षिक योग्यताको प्रमाणपत्र सक्कली या नक्कली चेकजाँच गर्ने निकायहरुसँग मिलेर हामी यो काम गरिराखेका छौँ । करीब २ हजार नक्कली चिकित्सक रहेको हल्ला चलेको छ । के यो कुरा साचो हो ? – हामी अप्रेसन चलाइरहेका छौँ । अप्रेसन टुङ्गिएको छैन । अहिले नै यति सङ्ख्या भन्ने अवस्थामा हामी छैनौँ । हाम्रो नजर अपराध र ठगी गर्ने सबैमाथि छ । त्यस्ता गतिविधि, अपराध र काम गर्नेको सङ्ख्या जति भए पनि हामी समातेरै छोड्ने छौँ । अप्रेसनविरुद्ध चिकित्सकहरुले त आन्दोलन नै गरे नि ? – ठगी र अपराध गर्नेहरुविरुद्ध प्रहरीले अनुसन्धान गर्दा र कारवाहीको दायरामा ल्याउँदा आन्दोलन गर्नु दुःखद् हो । तपाईं–हामीले भगवान मानेका र हाम्रो जीवनको सुरक्षासँग गाँसिएका व्यक्तिहरु नै नक्कली हुँदा आम नेपालीमाथि भएको पीडा र संवेदना बुभ्mने कि नबुभ्mने ? नक्कली प्रमाणपत्रका भरमा चिकित्सक बनेर तपाईं–हाम्रो जीवनसँग खेल्नेहरुलाई दण्डित गर्ने कि नगर्ने ? यस्तो संवेदनशील विषयमा सबैले सहयोग गरुन् भन्ने हाम्रो अपेक्षा हो । आन्दोलनको धम्कीका कारण अप्रेसन रोकिने पो हो कि भन्ने आशंका पैदा भएको छ नि ? – यो अप्रेसनको नेतृत्व म आपैंmले गरिरहेको हुँदा कुनै पनि हालतमा नरोकिनेमा आम नेपालीलाई विश्वस्त बनाउन चाहन्छु । नेपाल प्रहरीले कानूनविपरीतका काम र गतिविधि गर्नेसँग कुनै प्रकारको सम्झौता गर्ने छैन । ट्याङ्करबाट तेल चोरी गर्नेलार्ई समातेर कारवाही गर्दा र मनपरी भाडा असुल्ने सवारी साधनलाई समातेर कारवाही गर्दा आन्दोलन भएका थिए तर प्रहरी पछाडि हटेन । यो अप्रेसनबाट पनि हामी पछाडि हट्ने छैनौँ । नक्कली प्रमाणपत्रधारीलाई काम गर्न अनुमति दिने सरकारी निकायका पदाधिकारी अपरेसनअन्तर्गत कारवाहीको दायरामा आउछन् कि आउदैनन् ? – सरकारी निकायहरु र त्यहाँ कार्यरत् पदाधिकारीहरु प्रहरीको यो अप्रेसनको दायराभित्र पर्दैनन् ।  सम्बन्धित मन्त्रालय र सरकारी स्तरबाटै यो विषयमा छानविन होला । यो अप्रेसन कहिलेसम्ममा सकिन्छ र तपाईं–हामीले ढुक्क भएर उपचार गर्न सक्छौ“ होला ? – ठ्याक्कै यति नै दिनमा अप्रेसन सकिन्छ भन्न सक्ने अवस्थामा हामी छैनौँ । नक्कली चिकित्सकको हल्लाकै कारण सबै चिकित्सकमाथि आशंका गर्नु जायज र न्यायोचित हुन सक्दैन र हल्लाका कारण आम मानिसले भयभित हुनु पर्दैन र भयभित नहुन म आग्रहसमेत गर्दछु ।                                                                                                                                            -प्रस्तुति: चन्द्रमणि कट्टेल