भूमिहीन सुकुम्बासी संगठनमा अन्सारी
धरान/नेपाल भूमिहीन सुकुम्बासी संगठन धरान उपमहानगर समितिको अध्यक्षमा अब्बास अन्सारी सर्वसम्मत निर्वाचित भएका छन् ।
शनिबार गठित समितिको उपाध्यक्षमा गोपाल तामाङ, सचिवमा सालिना श्रेष्ठ, उपसचिवमा कुमार राई, र कोषाध्यक्षमा पवित्र बराइली चयन भए । त्यस्तै सदस्यहरुमा जितबहादुर तामाङ, देवी मग्राती, हिरा तामाङ, बद्री केसी, निर्मला श्रेष्ठ, विनोद भुजेल, चन्द्रकला राई, केशव कालिकोटे, मानबहादुर मगर, जयबहादुर माझी, दिलबहादुर दाहाल, नीता राई, बिर्खबहादुर राई छन् ।
नेकपा एमाले नगर विशेष इलाका कमिटी का अध्यक्ष तारा सुब्बाको प्रमुख उपस्थितिमा भएको कार्यक्रममा सचिव राजमणी निरौला, भूमिहीनका जिल्ला अध्यक्ष दिपेन दर्नाल, संगठनका इन्चार्ज नरेन्द्रप्रसाद राईलगायतको उपस्थिति रहेको थियो ।