धरान/ धरान नयाँ शक्ति नेपाल पार्टी आईतबारबाट औपचारीक रुपमा घोषणा भएको छ । दशरथ रंगशालामा कार्यक्रम गरेर पूर्व प्रधानमन्त्री भट्टराई नयाँ शक्ति नेपाल नामक पार्टी घोषणा गरेका हुन ।
नयाँ शक्ति नेपाल पार्टिको घोषणा सभालाई शुभकामना मन्तब्य दिदै प्रधानमन्त्रि केपी शर्मा ओलीले नयाँ शक्ति नेपालर्लाइ राम्रो प्रगती गरोस भन्ने शुभकामना दिए । उनले एमाले बाहेक अरु पार्टिलाई नयाँ शक्ति नेपाल पार्टिले जित्न सक्ने भन्दै हौसला पनि दिएका थिए । उनले संबिधान कार्यान्वयनको लागि संघियताहरुको टुङगो लगाएर देशको बिकाशमा लाग्नु पर्ने बताए ।
पार्टी घोषणा कार्यक्रममा भट्टराईलाई शुभकामना दिन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरु, कूटनीतिक नियोगका प्रतिनिधि तथा भारतका राजनीतिक दलका प्रतिनिधिहरु समेत रंगशाला पुगेका थिए । शुभकामना दिन प्रमुख दलका नेताहरु रङगशाला पुगेका थिए ।
एमालेबाहेक अरु पार्टीलाई धक्का दिन सक्छः प्रधानमन्त्री
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले आफ्नो पार्टीबाहेकलाई धक्का दिन सक्ने बताएका छन् । नयाँ शक्ति नेपालको घोषणासभामा प्रधानमन्त्री ओलीको वैकल्पिक राजनीतिक दलको सम्भावना रहेको बताए । ‘म यो पार्टीको सम्भावना देख्छु, आग्रह–पूर्वाग्रह राख्दिन,’ शुभकामना मन्तव्य राख्दै उनले भने, ‘एमाले बाहेक अरुलाई धक्का दिन सक्छ ।’
प्रधानमन्त्रीले नयाँ राजनीतिक पार्टीबाट आफू पनि आशावादी भएको बताए । ‘बन्दै गरेको पार्टीले यो गरेन उ गरेन भन्न मिल्दैन,’ उनले भने, ‘देश, जनता, राष्ट्रिय एकता, शान्ति, समृद्धि, स्थायीत्व, एकता र विकासका लागि काम गरोस् ।’
प्रधानमन्त्रीलाई कार्यक्रमस्थलमा उपस्थित कार्यकर्ता एवं शुभचिन्तकले भव्य स्वागत गरेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालगायतका नेताहरुले शुभकामना दिएपछि प्रधानमन्त्री रंगशाला पुगेका थिए ।
आउने चुनावमा एक नम्बरको शक्ति बन्छौं: भट्टराई
नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले आगामी स्थानीय र प्रादेशिक चुनावमा आफ्नो पार्टीलाई पहिलो शक्ति बनाउने दाबी गरेका छन् ।
पार्टी घोषणासभालाई सम्बोधन गर्दै भट्टराईले आफूहरु कुनै पनि राजनीतिक दलको भाग खोज्न नआएको प्रस्टाए । ‘सम्माननीय प्रधानमन्त्रीज्यूले आफ्नो ठट्यौली शैलीमा एमालेबाहेकलाई धक्का दिन सक्छ भन्नु भयो ।’– भट्टराईले भने, ‘हामी आफ्ना एजेन्डा प्रस्तुत गर्छौं, कसैविरुद्ध लाग्दैनौं ।’ भट्टराईले आफ्नो जीवनकालमा व्यक्तिगत घर नबनाउने तर जनताको घर नक्सा बनाइदिने उद्घोष गरे ।