शनिश्चरे  / नेकपा एमालेकोे राष्ट्यि स्वाभिमानको अडान र समय अनुकुल विकासको गति अघि बढाएको भन्दै मोरङको टाँडीबाट शनिबारको कार्यक्रममा नेपाली कांग्रेसका स्थानीय प्रभावशाली व्यक्तिहरु सहित १ सय ८१ जना एमालेमा प्रवेश गरेका छन् । टाँडी एमालेले नवप्रवेशीको स्वागतका लागि आयोजित कार्यक्रममा कांग्रेसमा २७ वर्षसम्म क्रियाशिल रहेर ९ नम्बर क्षेत्रीय समितिको सचिव समेत भइसकेका याम चम्लागाई, लामो समयदेखि क्रियाशिल भवानीप्रसाद चम्लागाई र गणेश भट्टराईले नवप्रवेशीकातर्फबाट पार्टी परित्यागको कारण उल्लेख गर्दै मन्तव्य राखे । उनीहरुले हालको परिस्थिति र देश निर्माणमा एमाले आवश्यक रहेको ठहर गर्दै कांग्रेस परित्याग गरेको जनाए । शिक्षण पेशामा कार्यरत चम्लागाई द्धयलाई नेपाल शिक्षक संगठनका मोरङ अध्यक्ष धर्मानन्द खरेलले संगठनको सदस्यता वितरण गरे ।

कार्यक्रममा एमालेका बैकल्पिक केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठ, मोरङ अध्यक्ष महेश रेग्मी, जिल्ला उपसचिव विद्या चाम्लिङ, जिल्ला सदस्य मानबहादुर श्रेष्ठ, बाबुराम कार्की, ९ नम्बर क्षेत्रीय अध्यक्ष गंगाप्रसाद वास्तोला सहितले नवप्रवेशीलाई टिका लगाएर स्वागत गरे ।

कार्यumlक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठ र विशेष अतिथि रेग्मीले स्वाभिमान र विकास निर्माणको दृढताका कारण देशमा एमालेप्रति जनलहर बढेको बताए ।