धरान/नेकपा (एमाले) धरान उपमहानगर बिषेश इलाका कमिटीको पहिलो र दोश्रो बैठक शनिबार सम्पन्न भएको छ । बैठकले उपमहानगरकमिटीमा ६ जनालाई सदस्यमा मनोनयन गरेको छ भने अध्यक्ष तारा सुब्बाको अध्यक्षतामा २३ सदस्यि सचिवालयपनि गठन गरको छ । शनिबार भएको पहिलो बैठकले उपमहानगर कमिटीको सदस्यमा ऋषिराज राई,श्रीप्रसाद सुब्बा,गणेश श्रेष्ठ,चन्द्र भुजेल,कर्ण तमु र नरेन्द्र राई लाई मनोनयन गरेको छ ।uml

बिधानमा कुल सदस्य संख्याका १० प्रतिसत सदस्य मनोनयन गर्ने ब्यबस्था भएको एमाले धरानका अध्यक्ष तारा सुब्बाले जानकारी दिए ।उनीहरुलाई एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा धरान इन्चार्ज प्रदिप भण्डारीले सफत खुवाएका थिए । त्यस लगत्तै दोश्रो बैठक सुरु भएको एमाले धरानका सचिब राजमणि निरौलाले जानकारी दिए ।बैठकले बिभिन्न बिभागहरुपनि गठन गरेको छ । जस अनुसार संगठन बिभाग प्रमुखमा तारा सुब्बा,आर्थिक बिभाग प्रमुखमा कैलाश अग्रवाल,स्कुल बिभाग प्रमुखमा नारायणप्रसाद सुबेदी,प्रचार बिभाग प्रमुखमा शेरबहादुर परियार,मोर्चा तथा शिक्षा बिभाग प्रमुखमा राजमणि निरौला,स्थानिय बिकाश बिभाग प्रमुखमा धनप्रसाद राई,सामाजीक संघसंस्था बिभाग प्रमुखमा केशब श्रेष्ठ,संस्कृती,पर्यटन तथा वातावरण बिभाग प्रमुखमा बिकाश बनेपाली,अतिरिक्त कृयाकलाप बिभाग प्रमुखमा देवाहाङ राई,बुद्धिजीबि बिभाग प्रमुखमा उद्धब श्रेष्ठ र सहकारी बिभाग प्रमुखमा सुजता राईलाई मनोनयन गरेको छ । त्यसैगरि बैठकले जनबर्गिय संगठनहरुको इन्चार्जपनि तोकेको छ । जस अनुसार मुक्ति समाजको इन्चार्जमा शेरबहादुर परियार,प्रेश चौतारीको इन्चार्जमा योगेशबाबु काफ्ले,युवा सघंको इन्चार्जमा दिवस वान्तावा राई,अनेम सघंको इन्चार्जमा गणेशकुमारी राई,खेलकुद महासघंको ईन्चार्जमा धनप्रसाद राई,राष्ट्रिय बाणिज्य सघंको इन्चार्जमा हिमाल लिम्बु,यातायात सघंको इन्चार्जमा कुमार कटुवाल,भुमिहीन सुकुम्बासि सघंको इन्चार्जमा नरेन्द्र राई र मुस्लीम इत्तेहाद संघको इन्चार्जमा राजेन्द्र राई तोकिएका छन् । ‘बैठकले सबै वडा र शाखा कमिटीको इन्चार्ज र सह इन्चार्जपनि तोकेको छ’ प्रचार बिभाग प्रमुख शेरबहादुर परियारले जानकारी दिए ।बैठकले कार्यालय सचिब र सह सचिबको जिम्मेवारी क्रमश सुसिल सुदेदी र गणेश श्रेष्ठलाई दिएको छ । बिहान सात बजे देखि अपह्न ४ बजे सम्म बसेको बैठकले ३३ सदस्यि सल्लाहकार समिती,जेष्ठ नागरिक कम्युनिष्ट मञ्च पनि गठन गरेको छ । प्रचार बिभाग प्रमुख परियारका अनुृसार बैठकले धरान बिष्णुपादुका समन्वय समिती पनि गठन गरेको छ । समितीको संयोजकमा तारा सुब्बा सहित पदाधिकारी र बिष्णुपादुकाबाट गोपाल खत्रि,कमल राई,तिलक राई,भरत खत्री र कर्ण तामाङ रहेका छन् ।