
धरान /आफ्नो नेतृत्वमा सरकार गठन गर्न ‘भद्र सहमती’ भएको भन्दै सरकार फेर्ने दाउमा लागेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार अनौठो कुरा गरेका छन् । उनले अहिलेको सरकार गिराउने भन्दा पनि राष्ट्रिय सहमतीको सरकार बनाउने तर्फ लाग्नु पर्ने बताए । उनले त्यतीमात्र भनेन् ‘भद्र सहमती’ भनेर केहि कुरा नभएको समेत स्पस्ट पारे ।
‘काङग्रेशले मलाई प्रधानमन्त्रिमा प्रस्ताब गरेको हो,तर एमाले सँग कुनै जानकारी सहमती भएको छैन’उनले प्रस्ट्याए । प्रदेश नम्बर ६ को पार्टी एकता भेलाका लागि शुक्रबार सुर्खेत पुगेका अध्यक्ष ‘प्रचण्ड’ले पत्रकार सम्मेलनमा सहमतिका लागि आफ्नो दल हदैसम्म लचिलो भएको जानकारी समेत दिए । अहिलेकै सरकारलाई राष्ट्रिय सहमतीको सरकार बनाउनु पर्नेमा माओबादी लागि परेको उनले जानकारी दिए । संविधान कार्यान्वयन, मधेस तथा थारुको समस्या समाधान, पुनःनिर्माण र विकास गर्न प्रमुख दलबीच राष्ट्रिय सहमतिको आवश्यकता रहेको उल्लेख गरे । अबको केही दिनभित्र मधेस समस्या समाधान हुने जिकिर गर्दै उनले मधेसवादी दलका नेताहरू पनि अब सहमतिको अवस्थामा आएकाले मधेस समस्या समाधान गर्न धेरै समय नलाग्ने बताए । नेपाली काङग्रेश अहिलेको सत्ता समिकरण भत्काउन लागि परेको भन्दै उनले त्यसलाई प्रतिपक्षको ‘कमजोर बुझाई ’भएको बताए ।