वि.सं. २०७३ साल जेठ २६ गते। बुधबार। इश्वी सन् २०१६ जुन ८ तारिख। नेपाल संवत् ११३६ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। तिथि– चतुर्थी, २७स्०८ बजेउप्रान्त पञ्चमी।
मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ) विषालु कीरा वा जनावरबाट भय रहनेछ । धनमाल चोरी हुने योग छ । प्रतिस्पर्धामा पछि परिनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) भाइबन्धुको सहयोग मिल्नेछ । नयाँ व्यवसायमा सफलता मिल्नेछ । यात्रा रमाइलो रहनेछ । साथीभाइको सहयोगले महत्वपूर्ण कार्य बन्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) सामान्य धनलाभको योग छ । व्यवसाय मध्यम गतिले चल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धन आर्जनको योग छ । लक्ष्मीको कृपाले व्यापार व्यवसायमा ठूलो प्रगति हुनेछ । राज्यपक्षबाट सम्मान मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) अनुत्पादक क्षेत्रमा लगानी हुनेछ । परिवारका सदस्यको स्वास्थ्यमा समस्या आउनेछ । व्यवसायमा घाटा हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) धार्मिक माङ्गलिक कार्यमा सहभागी बन्नु हुनेछ । आतिथ्यपूर्ण सम्मान मिल्नेछ । नयाँ व्यवसायको थालनी हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) धनलाभको योग छ । मनमा शान्ति मिल्नेछ । आफन्तबाट सहयोग मिल्नेछ । समाजमा सम्मानित बन्नु हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धार्मिक कार्यमा धेरै समय बित्नेछ । धर्मकर्मतर्पm खर्च हुने योग छ । आयआर्जन यथावत् रहनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) यात्रा धोकापूर्ण रहनेछ । चोटपटक लाग्न सक्छ । आफन्तबाट सहयोग मिल्ने छैन । अनावश्यक खर्च बढ्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) प्रेम, मित्रता बलियो बन्नेछ । माङ्गलिक कार्यमा सहभागी बन्नु हुनेछ । आफन्तसँगको भेटघाटले मन प्रसन्न रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) शरीर स्वस्थ रहनेछ । सुखद समाचारले मन प्रसन्न रहनेछ । व्यापार व्यवसायमा प्रशस्त नाफा हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) पठनपाठनमा रुची बढ्नेछ । बौद्धिक क्षेत्रमा प्रगति हुनेछ । मान–सम्मान मिल्ने योग रहेको छ ।