kamal thapबिर्तामोड / राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाललाई हिन्दु राष्ट्र कायम गराएरै छोड्ने बताएका छन् ।  झापाको बिर्तामोडमा पार्टीले आयोजना गरेको ‘हिन्दुत्व जागरण बृहत जनसभा’ लाई सोमबार सम्बोधन गर्दै थापाले जनताको मत लिएर संविधानमा रहेको अधिकार प्रयोग गरी हिन्दु राष्ट्र कायम गरेरै छाड्ने बताए ।
‘हामी सरकारमा गएर आफ्नो एजेण्डा छोडेका छैनौ, सांसद र सरकारबाट दवाब दिएर शान्तिपुर्ण ढंगले हिन्दु राष्ट्र कायम गर्न गएका हौं ।, थापाले भने–‘हामीेले यो संविधानलाई आलोचनात्मक समर्थन गरेका छौं ।’ संविधान राप्रपा नेपाललाई पनि चित्त नबुझेको उनले बताए । तर, संविधान परिवर्तनको लागि राप्रपा नेपाल सिमा नाकामा धर्ना बस्ने वा बन्दुक बोक्न कहिले अग्रसर नहुने बताए ।
संविधानमा धर्म निरपेक्षता अपरिबर्तनीय भनेर उल्लेख गरिएको भए राप्रपा नेपालले कुनैपनि हालतमा त्यो स्विकार नगर्ने अवस्था आउने भन्दै उनले बिद्रोहका गर्नुको बिकल्प नरहने अवस्था आउने बताए । तर, संविधानमा धर्म निरपेक्षताको स्थानमा परिबर्तन हुने अवस्था रहेकाले आफ्नो पार्टीले आलोचनात्मक समर्थन गरेको स्पष्ट पारे । संविधानमा कुनै बिषय अपरिबर्तनीय नहुने मान्यता स्थापित गराउनु उपलब्धी भएको उनले बताए ।
राप्रपा नेपालले सबै धर्मको उचित सम्मान गर्ने बताउदै उनले कुनै धर्मको बिरोध गर्नु पार्टीको एजेण्डा नभएको बताए । उनले हिन्दु धर्मलाई मात्र सम्मान नगरेको बताउदै भने–‘नेपालको पहिचानको लागि सनातन हिनदु धर्म बलियो बनाउनु पर्छ ।’ देशको बकिासका लागि सनातन हिन्दु धर्म र संस्कृतिलाई नष्ट गर्नु आवश्यक नभएको भनाई उनले राखे । नेपालीहरुको बीचमा सनातन धर्म एकताको बलियो आधार रहेको उनले बताए ।
पार्टीका महामन्त्री राजेन्द्र लिङदेनले गणतन्त्र, धर्म निरपेक्षता र संघियता मान्छौं भनेर सरकारमा सहभागि नभएको बताए । उनले सरकार र सडकबाटै हिन्दुत्वको नारा स्थापीत गर्न लागिपरेको बताए । राप्रपा नेपालले भोटको लागि मात्र हिन्दुत्वको नारा नउचालेको भनाई उनले राखे । नेपाली जनताले राप्रपा नेपाललाई ठुलो पार्टी बनाएपछि धर्म निरपेक्षता र संघियता खारेज गर्ने उनले बताए ।
कार्यक्रममा सहमहामन्त्री राम थापा, केन्द्रीय सदस्य राजक्मार पोखरेल, रञ्जु प्याकुरेल, आचार्य लक्ष्मीप्रसाद खतिवडा, धर्म संकृती बिभाग प्रमुख पुष्पराज पुरुष लगायतले हिन्दु राष्ट्रको आवश्यकताको बारेमा बोलेका थिए । कार्यक्रम जिल्ला अध्यक्ष अम्बर बिष्टको अध्यक्षतामा भएको थियो ।