2

बि.स. २०६४ साल असार १८ जन्मिएका अनुभव रेग्मी नेपाली सिनेजगतमा एक स्थापित नाम हो । फिल्म ‘भिसा गर्ल’बाट अभिनय यात्रा प्रारम्भ गरेका अनुभवको क्रेज कुनै स्टारडम नायकको भन्दा कम छैन । उनको अभिनयको तारिफे बालक, बृद्धा,युवा सवैले गर्ने गर्छन । हरेक फिल्ममा दर्शकलाई भावुक बनाउँन खप्पिस अनुभव बाबा, आमाको प्रेरणाले हरेक अभिनय मनबाटै गर्ने बताउँछन् । भविष्यमा सफल कलाकारसँगै उच्च शिक्षा हासिल गर्ने लक्ष्य लिएका अनुभव पढाईमा पनि अब्बल छन् । नेपाली रजतपटलाई ‘रिदम’, ‘काली’, ‘नाई नभन्नु ल’, ‘लुटेरा’ जस्ता सुपरहिट चलचित्र दिएका उनै बालकलाकार अनुभव रेग्मीलाई नाई नभन्नु ल ४ को हङ्कङ प्रर्दशनताका ब्लाष्ट सहयोगी अनोज रोक्काले गरेको संबाद –
हङ्कङमा फिल्म देखाउदा कस्तो भईरहेको छ ?
सवैले उत्कृष्ट अभिनय भन्नुभयो, माया गर्नुभयो मलाई हौसला मिलेको छ ।
नाई नभन्नु ल को चौथो भागमा अनुभवले कस्तो अभिनय छन् ?
मैले यो नाई नभन्नु ल को चौथो भागमा फरक किसिमको अभिनय गरेको छु । मैले यसमा दर्शकहरुलाई आँशु मात्र हैन पेट मिचि मिचि हसाँएको पनि छु । यसले दर्शकहरुलाई पक्का नौलो स्वाद दिनेछ ।
अनुभव प्राय मनोरञ्जनको क्षेत्रमा हुन्छ, पढाईमा कत्तिको मन जान्छ ?
मलाई मामुले पढाई र अभिनयको तालिका बनाईदिनु भएको छ । म दुवैलाई मिलाएर अघि बढाउँन चाहन्छु ।
. चलचित्रमा कुन दृश्य दिन सजिलो लाग्छ, खुसीको या दुखको ?
मलाई दुखको दृश्य दिन सजिलो लाग्छ, जव दृश्यको छायाङ्कन हुन्छ म मेरो बाबा, मामुलाई सम्झिन्छु आफै आँशु झर्छ ।
बिद्यालयमा साथी, शिक्षकहरुले के भन्नु हुन्छ ?
सबैले राम्रो छ भन्नु हुन्छ । बिद्यालयका हरेका अतिरिक्त क्रियाकलापमा मेरो प्रस्तुती हुन्छ, सवैले चाख मानेर हेरिदिनु हुन्छ । खुसी लाग्छ ।
भविष्यमा के बन्ने लक्ष्य छ ?
म भविष्यमा सफल कलाकार बन्न चाहन्छु । अभिनयसँगै आफुलाई शिक्षामा पनि अब्बल बनाउँन सोच छ । म मेरो बाबा, मामुलाई खुसी र सुखी बनाउँन चाहन्छु ।  

1

3