oli

धरान /सरकार ढाल्ने खेल भईरहेका बेला  प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले हप्काउदैमा आफु नहप्कीने बताएका छन् । ‘अहिले मलाई हप्काएर ,थर्काएर,फकाएर राजीनामाको कुरो गर्दैछन्,उनीहरुले बुझे हुन्छ,केपी ओली डर पोक हैन र केटाकेटी पनि हैन ।’ बिहीबारदेखि राजधानीमा सुरू भएको दुईदिने नागरिक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘साथीहरुलाई मेरो स्वाभाब थाहा भएन कि क्या हो ?’सरकारमा बसेर पनि काम गर्न नसक्ने र अरुले गरेको पनि देख्न नसक्ने आरिसेहरुले राजीनामा दे भन्दैमा मैले किन दिन ?
तीनबुँदे सहमती कहाँ भयो ?
बजेट ल्याएपछि सत्ता हस्तान्तरण गर्ने कुरा  नभएको उनले बताए । तिन बुँदे सहमती भयो भनिन्छ, लौन मलाई देखाइदिनुस् तिन बुँदे सहमती । मैले त माओवादीसँग नौबुँदे सहमति मात्र गरेको हुँ ओलीले थपे ।
नयाँ संविधानप्रति असन्तुष्टि राख्दै आन्दोलनरत दलहरूलाई सडकमा तमसा नदेखाउन आग्रह गरे । असहमती ,असन्तुष्टि छ भने त छलफल पो गर्ने हो त तातो घाममा किन रमिता देखाएको ? ।
बृद्धाभत्ता बृद्धिको बिरोध गर्नेहरुलाई जबाफ दिर्दै उनले भने– ‘बूढाबूढीका योगदानका कारण देश अहिलेको अवस्थामा आइपुगेको हो, त्यसैले उनीहरुलाई दिइने भत्ता बढाइदिएको हुँ’ उनले भने ।