धरान/ बिहिबार बिहान माओबादी मुख्यालय पेरिसडाँडामा बसेको बैठकले नेकपा माओवादी केन्द्रको १ हजार ९९ सदस्यीय केन्द्रीय समिति बनाएको छ । बैठकले केन्द्रको महाधिवेशन आयोजक समितिमा ५ सय, पोलिट्ब्युरोमा १ सय ४ र स्थायी समितिमा ३४ जना थपिएका छन् । बैठकले महाधिवेशन आयोजक समिति १ हजार ९९ सदस्यीय बनाएको र त्यसमा १ सय जनाको नाम भने टुंगो लाग्न बाँकी रहेको प्रवक्ता पम्फा भुसालले जानकारी दिएकी छिन् ।
१० दिन पहिले सम्पन्न केन्द्रीय समितिले महाधिवेशन आयोजक समिति ६ सय ९९ सदस्यीय, पोलिट्ब्युरो १ सय ५१ सदस्यीय र स्थायी समिति बढीमा ५१ सदस्यीय बनाउने निर्णय गरेको थियो ।बिहिबारको निर्णय केन्द्रिय समितीले निर्णयको बिपरित हो ।
प्रवक्ता भुसालले केन्द्रीय समितिको कार्यादेशअनुसार र कार्यदलको सुझाव अनुसार स्थायी, पोलिट्ब्युरो र महाधिवेशन आयोजक समितिको आकार बढाइएको बताइन् ।बैठकले प्रदेश तहमा एकता प्रक्रियाको कामलाई तिब्रताका साथ अगाडि बढाउने निर्णय पनि गरेको प्रवक्ता भुसालले बताइन् ।