prachanda-1

विजयपुर/ भारतीय सत्ता पक्षले दिएको निम्तोलाई अस्वीकार गर्दे नेकमा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई साता लामो भ्रमणका लागि चीन जाने तयारीमा जुटेका छन् ।प्रधानमन्त्रि केपी शर्मा ओलीले ‘भद्र सहमती’ नभएको अभिब्यक्ति दिएपछि प्रचण्ड चिन जान लागेका हुन । भारत ओली सरकारको बिकल्पमा छ भने चिन ओली सरकार परिबर्तन गर्न नहुने पक्षमा छ । प्रचण्डले चिनियाँ समकक्षीहरु सँग आफ्नो नेतृत्वमा सरकार बनाउने प्रस्ताब राख्ने तयारी गरेको श्रोतले जनाएको छ । प्रचण्ड चिन जान लागेको बिषयले भने भारतमा राम्रै चर्चा पाउन थालेको छ ।
यदि  प्रचण्ड चीनको भ्रमणमा जाँदा भारत सरकार र विशेषगरी नरेन्द्र मोदी सरकारप्रति प्रश्न उठ्ने भारतीय सञ्चार माध्यमहरुमा समाचार छ  ।
भारतको प्रतिपक्ष दल कांग्रेसले छिमेकी देशप्रति मोदी सरकारको नीति असफल भएको आरोप लगाइरहेका बेला प्रचण्ड भारत नगएर चीन जानुले चर्चा पाउनु स्वभाबिक मानिएको छ ।
प्रचण्डसँग अर्का चीनसँग निकै निकट सम्बन्ध भएका नेता कृष्णबहादुर महरा पनि चीन जाने भएकाले भ्रमणलाई अझ महत्वका साथ लिइएको छ ।