काठमाडौं / सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अदालतको अवहेलना सम्बन्धी मुद्दामा तीन दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ ।
सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले प्रचण्डलाई तीन दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको हो ।
प्रचण्डले एक कार्यक्रममा शान्ति सम्झौता अनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगको दायरामा पर्ने द्वन्द्वकालिन मुद्दाहरुमा धमाधम फैसला गरेर न्यायालयले शान्ति सम्झौताबिरुद्ध नै भयानक षडयन्त्र गरेको, द्वन्द्वकालिन मुद्दाको फैसला आफूहरुले स्वीकार नगर्ने, न्यायालयले परिवर्तनको प्रक्रियालाई आत्मसात गर्नुपर्छ, द्वन्द्वकालिन मुद्दाहरुमा नियमित घटनामा जसरी फैसला सुनाउने कुरा हामीलाई कुनै पनि हालतमा स्वीकार्य हुनेछैन, शान्ति प्रक्रिया निष्कर्षमा पुर्याउन नदिनका लागि अदालतलाई सक्रिय बनाउने कार्य गरिएको, अहिले माओवादीविरुद्ध अदालतलाइ तयार पारिँदैछ, अदालतले दिउसै रात पार्ने काम गरिरहेको छ लगायतका अभिव्यक्तिले अदालतको गम्भीर मानहानी भएको भन्दै अधिवक्ता त्रिपाठीले अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा गत जेठ ३ गते प्रचण्डविरुद्ध मुद्दा हाल्नु भएको थियो।
अदालतको अवहेलना सम्बन्धी मुद्दामा बढीमा एक वर्ष कैद एवं १० हजार रुपैयाँ जरिवाना हुने प्रावधान छ ।